२०८२, २३ चैत्र मंगलबार

‘सामाजिक सुरक्षा योजना’ दूरगामी महत्वको निर्णय : नेकपा अध्यक्ष दाहाल

‘सामाजिक सुरक्षा योजना’ दूरगामी महत्वको निर्णय : नेकपा अध्यक्ष दाहाल


कावासोती, १४ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम दूरगामी महत्वको निर्णय भएकोे बताउनुभएको छ । नवलपरासी पूर्वको कावासोती–१७ ढोकीमा रहेको त्रिभुवन बाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन समारोह तथा स्वर्ण स्तम्भ अनावरण कार्यक्रममा सम्बोधन गर्दै उहा“ले सुरक्षाको दृष्टिकोणले योगदानमा आधारित सुरक्षा भत्ता जनता र श्रमिकले पाउने हँुदा सरकारको यो कदम दूरगामी महत्वको भएको बताउनुभयो ।

“सामाजिक न्याय, समाजिक सुरक्षाको दृष्टिकोणले र समाजवादको आधार तयार पार्ने दृष्टिकोणले यस कार्यक्रमले कोशेढु¨ाको भूमिका खेल्नेछ,” पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “सबैले कुनै न कुनै रुपले देश र जनताको प्रगतिका निम्ति गरेको योगदानको मूल्याङ्कन राज्यले गर्ने एउटा नया“ परिपाटी र संस्कारको थालनी भएको छ ।” एक वर्षको अवधिमा पूर्वाधार विकासको प्रक्रिया थालनी, छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार, ऐनहरु निर्माणलगायत काम भएकाले अहिल्यै केही भएन भनेर टिप्पणी हुनु गलत भएको बताउँदै उहाँले अबको चार वर्षमा घोषणापत्रमा उल्लेख गरेअनुसार काम गरेरै छाड्ने अठोट व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “अबको चार वर्षमा कम्तीमा पनि पूर्वपश्चिम रेल चल्ने वातावरण बनाइने, नारायणीमा जलमार्ग, केरु¨–काठमाडाँै–लुम्बिनी र रक्सौल–काठमाडाँै रेलमार्ग चल्ने स्थिति बनाउनतिर आफूहरुको प्रयत्न हुन्छ ।”

अध्यक्ष दाहालले हुलाकी राजमार्ग सञ्चालनमा आउदा नवलपुर र चितवनका जनताको जीवनमा गुणस्तरीय परिवर्तन आउने बताउँदै यसको छिटो निर्माणको प्रक्रिया थाल्न तत्पर रहेको बताउनुभयो । उहा“ले पहिलोचोटि उत्तरतिरको छिमेकीले चारवटा बन्दरगाहाबाट तेस्रो देशसँग व्यापार गर्न दिने सहमति गरेको बताउँदै यो नेपालका लागि ठूलो परिवर्तन भएको बताउनुभयो । “केरु¨–काठमाडौँ–लुम्बिनीसम्मको रेलको अध्ययन भएको छ,” अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको अर्थराजनीतिमा यसले धेरै ठूलो महत्व राख्नेछ ।”

यस्तै भारतसँगको सम्बन्धमा सकारात्मक हुँदै गएको बताउँदै उहा“ले वर्षांैदेखि विराटनगरमा रहेको भारतको ‘फिल्ड अफिस’ हट्नुले सकारात्मक सन्देश दिएको बताउनुभयो । भारतसँग दक्षिणी सीमामा बनाइने बाँधका विषयमा भएको सहमति तथा रक्सौल–काठमाडाँै रेल सञ्चालनको पहल शुरु हुनुले सकारात्मक सन्देश देखिएको अध्यक्ष दाहालको भनाइ छ । पार्टी एकता, कम्युनिस्टको बलियो सरकार, राजनीतिक स्थायित्वका कारण नै यस्ता सकारात्मक सङ्केतहरु देखिएको उहा“ले उल्लेख गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ८ : ०२ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि