२०८२, १२ पुस शनिबार

इण्डो नेपाल ओपन फुल कन्ट्याक्ट कराँते प्रतियोगिता काभ्रेमा शुरु

इण्डो नेपाल ओपन फुल कन्ट्याक्ट कराँते प्रतियोगिता काभ्रेमा शुरु


बनेपा, १४ मङ्सिर: प्रथम इण्डो–नेपाल ओपन फुल कन्ट्याक्ट कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट प्रतियोगिता आजबाट काभ्रेपलाञ्चोकको बनेपामा शुरु भएको छ ।

दुई दिनसम्म चल्ने प्रतियोगिता नेपाल र भारतबीच खेलको माध्यमबाट सुमधुर सम्बन्ध बढाउन र एकै संस्कृतिसँग बाँधिएका सामाजिक जीवनलाई थप विकास गर्नका लागि सो प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिता उद्घाटनको अवसरमा आयोजक संस्था नेपाल क्योकुसिन सेइसिन काइकान कराँते सङ्घका केन्द्रीय अध्यक्ष एवं सो सङ्घको जापानका तर्फबाट नेपाली शाखा प्रमुख अशोक श्रेष्ठले राष्ट्रको पहिचान राख्ने खेलाडीका लागि राष्ट्रले पनि सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले देश समृद्धितर्फ अगाडि बढिरहेको अवस्थामा स्वस्थ र स्वास्थ्यका लागि खेलकूद मैदान आवश्यक रहेको बताउनुभयो ।

प्रतियोगितामा भारतको ३५ र नेपालका १४० खेलाडीको सहभागिता रहेको छ । विभिन्न १४ वटा चरणमा गरी नकआउट बेसमा खेल्ने सो खेलमा २५ देखि ५५ केजी तौल समूह र सोभन्दा माथि खुल्ला समूहमा प्रतिस्पर्धा हुने बताइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ७ : ५६ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको