२०८२, २२ चैत्र सोमबार

इण्डो नेपाल ओपन फुल कन्ट्याक्ट कराँते प्रतियोगिता काभ्रेमा शुरु

इण्डो नेपाल ओपन फुल कन्ट्याक्ट कराँते प्रतियोगिता काभ्रेमा शुरु


बनेपा, १४ मङ्सिर: प्रथम इण्डो–नेपाल ओपन फुल कन्ट्याक्ट कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट प्रतियोगिता आजबाट काभ्रेपलाञ्चोकको बनेपामा शुरु भएको छ ।

दुई दिनसम्म चल्ने प्रतियोगिता नेपाल र भारतबीच खेलको माध्यमबाट सुमधुर सम्बन्ध बढाउन र एकै संस्कृतिसँग बाँधिएका सामाजिक जीवनलाई थप विकास गर्नका लागि सो प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिता उद्घाटनको अवसरमा आयोजक संस्था नेपाल क्योकुसिन सेइसिन काइकान कराँते सङ्घका केन्द्रीय अध्यक्ष एवं सो सङ्घको जापानका तर्फबाट नेपाली शाखा प्रमुख अशोक श्रेष्ठले राष्ट्रको पहिचान राख्ने खेलाडीका लागि राष्ट्रले पनि सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले देश समृद्धितर्फ अगाडि बढिरहेको अवस्थामा स्वस्थ र स्वास्थ्यका लागि खेलकूद मैदान आवश्यक रहेको बताउनुभयो ।

प्रतियोगितामा भारतको ३५ र नेपालका १४० खेलाडीको सहभागिता रहेको छ । विभिन्न १४ वटा चरणमा गरी नकआउट बेसमा खेल्ने सो खेलमा २५ देखि ५५ केजी तौल समूह र सोभन्दा माथि खुल्ला समूहमा प्रतिस्पर्धा हुने बताइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ७ : ५६ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर