२०८१, ५ चैत्र बुधबार

शुक्रबारको दिनमा यस्ता क्रियाकलाप गर्नाले मनोकामना पुरा हुने, शुक्रबार जन्मेकाले हेर्नै पर्ने ज्ञानमुलक टिप्स

शुक्रबारको दिनमा यस्ता क्रियाकलाप गर्नाले मनोकामना पुरा हुने, शुक्रबार जन्मेकाले हेर्नै पर्ने ज्ञानमुलक टिप्स


शुक्रबारको दिनमा यस्ता क्रियाकलाप गर्नाले मनोकामना पुरा हुने, शुक्रबार जन्मेकाले हेर्नै पर्ने ज्ञानमुलक टिप्सहिन्दु धर्ममा शुक्रबारको दिन लक्ष्मी पुजाको दिन मानिन्छ । यिनलाई धनकी देवी मानिन्छ । यो दिन केही मानिस व्रत समेत बस्ने गर्दछन् जसले सबैको मनोकामना पुरा होस र सुखशान्तिसँग बस्न सकियोस । तर धनकी देवीलाई खुशी बनाउन निकै कष्ट छ ।

यदि जन्म कुन्डलीमा शुक्र छ भने त्यसले अशुभ फल दिईरहन्छ । शुक्रको प्रभावले कति रोगहरुको सामना गर्न पर्छ थाहा छ ? जसले तपाईको जीवनमा सुख नामको कुनै चीज रहँदैन । जसका लागि तपाई नयाँ नयाँ उपाय गर्नुहुन्छ किनकी तपाई चाहानुहुन्छ की तपाईको ग्रह ठिक होस । माता लक्ष्मीको कृपा पाउनका लागि हामी के गर्दैनौ जसले माता हामीसँग खुशी रहुन ।

यदि तपाई माताको कृपा पाउन चाहानु हुन्छ भने लक्ष्मीको पुजा गरिसकेपछि लक्ष्मी स्तुतीको पाठ गर्न जरुरी हुन्छ । जसले तपाईको मनोकामना पुरा हुन्छ ।
लक्ष्मी स्तुती यस प्रकार रहेको छः
आदि लक्ष्मि नमस्तेऽस्तु परब्रह्म स्वरूपिणि।
यशो देहि धनं देहि सर्व कामांश्च देहि मे।।ज्ञ।।
सन्तान लक्ष्मि नमस्तेऽस्तु पुत्र(पौत्र प्रदायिनि।
पुत्रां देहि धनं देहि सर्व कामांश्च देहि मे।।द्द।।
विद्या लक्ष्मि नमस्तेऽस्तु ब्रह्म विद्या स्वरूपिणि।
विद्यां देहि कलां देहि सर्व कामांश्च देहि मे।।घ। ।

शुक्रबारको दिनमा जन्मेका व्यक्तिको स्वभाव

१. शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।

२. तपाईंहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।

३. तपाईंलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।

४. तपाईं मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।

५. तपाईं निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।

६. यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।

७. तपाईं आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।

८. तपाईंका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।

९. तपाईंलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।

१०. तपाईंको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ ।

११. तपाईंसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न ।

१२. तपाईंले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ९ : ०३ बजे

एनआरएन एकतालाई प्राथमिकता दिन मन्त्री पाण्डेको सुझाव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था