२०८२, २ माघ शुक्रबार

रामजानकी विवाह महोत्सवमा काठमाडौँबाट पनि जन्ती जाने

रामजानकी विवाह महोत्सवमा काठमाडौँबाट पनि जन्ती जाने


काठमाडौँ, मंसिर १४ : जनकपुरमा हुने रामजानकी विवाह महोत्सवमा काठमाडौँबाट समेत दुलाहाकातर्फबाट जन्ती प्रस्थान गर्ने भएको छ । जनकपुर रामजानकी मन्दिरका महामण्डलेश्वर रामतपेश्वरदास वैष्णवले जन्ती र विवाह समारोहमा सहभागी हुन निम्ता गर्नुभएको छ ।

निम्तो मान्न गुठी संस्थानका प्रशासक नारायणप्रसाद चौधरी, उपप्रशासकहरु सरोज थपलिया र दीपकबहादुर पाण्डेसहित संस्थानको कर्मचारी टोली र भगवान् रामप्रति आस्था राख्ने वैष्ण्व समुदायका भक्तजन समारोहमा सरिक हुनुहुँदैछ ।

प्रार्थी भई सीताराम विवाह पञ्चमी महामहोत्सव मूल समारोह समितिका अध्यक्ष रोसनदास वैष्णवले जनकपुरमा उहाँहरूको स्वागत गर्नुहुनेछ । भारत उत्तर प्रदेशका मुख्यमन्त्री एवं गोरखपुरस्थित गोरखनाथ पीठका मठाधीश आदित्यनाथ योगी जन्तीमा सामेल हुनुहुने भएको संस्थानले जनाएको छ । उहाँलाई पनि दुलाहाकातर्फबाट महामण्डलेश्वर रामतपेश्वरदासले निमन्त्रणा गर्नुभएको हो ।

रामसीताको स्वयंवर मङ्सिर २६ गते दिउँसो १ बजे र शुभ विवाह यसै दिन साँझ ६ बजे गर्ने लग्न तय भएको छ । गुठी संस्थानका उपप्रशासक एवं प्रवक्ता सरोज थपलियाका अनुसार नगर दर्शन २१ गते साँझ ४ बजे, फूलवारी लिला २२ गते दिउँसो ३ बजे, धनुषयज्ञ २३ गते अपराह्न ४ बजे र तिलक महोत्सव २४ गते १ बजे र २५ गते मटिकोर सकिएपछि २६ गते स्वयंवर र त्यसै साँझ विवाह भई २७ गते रामकलेवा सम्पन्न गरी विवाह उत्सव मनाइने तय भएको छ । याे खबर अाजकाे गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ८ : ११ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति