२०८२, ४ माघ आईतबार

दक्षिण एशियाली ब्याडमिन्टनको उपाधि भारतलाई, नेपाल उपविजेता

दक्षिण एशियाली ब्याडमिन्टनको उपाधि भारतलाई, नेपाल उपविजेता


काठमाडौँ, १३ मङ्सिर: दोस्रो दक्षिण एशियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को मिक्स टिम स्पर्धामा भारतले उपाधि हात पारेको छ हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा आज भएको फाइनल खेलमा भारतले नेपाललाई ३–१ ले पराजित गर्दै उपाधि हात पारेको हो । भारत अघिल्लो संस्करणको विजेता हो । त्यस्तै प्रतियोगितामा नेपाल दोस्रो बन्यो ।

नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा भारतले महिला एकल, पुरुष युगल तथा महिला युगलमा नेपाललाई पराजित ग¥यो । पुरुष एकलमा भने नेपालले भारतलाई पराजित ग¥यो । बेष्ट अफ फाइभको खेलमा पुरुष एकलमा नेपालका नवीन श्रेष्ठले भारतका प्रियान्सु रजावतलाई २१–१२ र २१–१७ ले पराजित गरे । अन्य खेलमा नेपालका खेलाडीले लय समात्न सकेनन् । महिला एकलमा नेपालकी रशीला महर्जन भारतकी माल्भिका बासोदसँग २१–८ र २१–५ ले पराजित भइन् ।

यस्तै पुरुष जोडीमा नवीन र प्रिन्स दाहालको जोडीले भारतका विष्णुबर्दन गाउड पञ्जला र ध्रुव रावतको जोडीलाई २१–१५ र २१–१७ अङ्कको जित सुम्पे । अर्को खेलमा महिला जोडीतर्फ नेपालका जेशिका गुरुङ र रञ्जना भट्टको जोडी भारतका खेलाडी पूर्वा बार्भे र तानिशा क्राष्टोसँग २१–५ र २१–५ ले पराजित हुँदै ३–१ को हार बेहो¥र्यो । नेपाल अघिल्लो संस्करमा पनि दोस्रो स्थानमा रहेको थियो । नेपालसहित भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काको सहभागिता रहेको उक्त प्रतियोगितामा बङ्गलादेश र श्रीलङ्काले तेस्रो स्थान प्राप्त गरें ।
-रासस

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ९ : ३५ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ