२०८३, १८ भाद्र शुक्रबार

दक्षिण एशियाली ब्याडमिन्टनको उपाधि भारतलाई, नेपाल उपविजेता

दक्षिण एशियाली ब्याडमिन्टनको उपाधि भारतलाई, नेपाल उपविजेता


काठमाडौँ, १३ मङ्सिर: दोस्रो दक्षिण एशियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को मिक्स टिम स्पर्धामा भारतले उपाधि हात पारेको छ हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा आज भएको फाइनल खेलमा भारतले नेपाललाई ३–१ ले पराजित गर्दै उपाधि हात पारेको हो । भारत अघिल्लो संस्करणको विजेता हो । त्यस्तै प्रतियोगितामा नेपाल दोस्रो बन्यो ।

नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा भारतले महिला एकल, पुरुष युगल तथा महिला युगलमा नेपाललाई पराजित ग¥यो । पुरुष एकलमा भने नेपालले भारतलाई पराजित ग¥यो । बेष्ट अफ फाइभको खेलमा पुरुष एकलमा नेपालका नवीन श्रेष्ठले भारतका प्रियान्सु रजावतलाई २१–१२ र २१–१७ ले पराजित गरे । अन्य खेलमा नेपालका खेलाडीले लय समात्न सकेनन् । महिला एकलमा नेपालकी रशीला महर्जन भारतकी माल्भिका बासोदसँग २१–८ र २१–५ ले पराजित भइन् ।

यस्तै पुरुष जोडीमा नवीन र प्रिन्स दाहालको जोडीले भारतका विष्णुबर्दन गाउड पञ्जला र ध्रुव रावतको जोडीलाई २१–१५ र २१–१७ अङ्कको जित सुम्पे । अर्को खेलमा महिला जोडीतर्फ नेपालका जेशिका गुरुङ र रञ्जना भट्टको जोडी भारतका खेलाडी पूर्वा बार्भे र तानिशा क्राष्टोसँग २१–५ र २१–५ ले पराजित हुँदै ३–१ को हार बेहो¥र्यो । नेपाल अघिल्लो संस्करमा पनि दोस्रो स्थानमा रहेको थियो । नेपालसहित भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काको सहभागिता रहेको उक्त प्रतियोगितामा बङ्गलादेश र श्रीलङ्काले तेस्रो स्थान प्राप्त गरें ।
-रासस

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ९ : ३५ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण