२०८३, २४ आश्विन आईतबार

‘नयाँ युग’ प्रचारमा करोडौँ होइन, सवा ६७ लाखमात्रै खर्च : सञ्चारमन्त्री बास्कोटा

‘नयाँ युग’ प्रचारमा करोडौँ होइन, सवा ६७ लाखमात्रै खर्च : सञ्चारमन्त्री बास्कोटा


काठमाडौँ, १३ मङ्सिर: सरकारले ११ गते धुमधामका साथ सामाजिक सुरक्षा कोषको घोषणा गर्‍यो। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटमै उल्लेख गरी सुरुवात गरेको कोषलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गरे।

सडकका सोलार बत्तीका पोल पोलमा प्रधानमन्त्रीको तस्विरसहित ‘नयाँ युगको सुरुवात’ भयो। काठमाडौंबाट प्रकाशित हुने हरेक ब्रोडसिट दैनिकमा ज्याकेट एड छापिए। हरेक अनलाईनलाई ‘रोड ब्लक’ दिइयो। सरकारको यो तामझामको सामाजिक सञ्जालमा विरोध भयो। तर, कार्यक्रममै प्रधानमन्त्री ओलीले ‘सरकार कहाँ छ भन्नेलाई’ जवाफ दिन तामझाम गरेको बताएका थिए।

आज सरकारका प्रवक्ता गोकुल बास्कोटाले सरकारले करोडौँ खर्च गर्‍यो भन्नु झुट भन्दै सरकारी खर्च सवा ६७ लाख रुपैयाँ भएको जानकारी दिए। कार्यक्रमको अघिल्लो दिन बसेको मन्त्रिपरिषदको बैठकले कार्यक्रम प्रचार प्रसारका लागि रकम स्वीकृत गर्ने निर्णय गरेको थियो। बैठकले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आरम्भ, प्रचारप्रसार तथा समारोह व्यवस्थापन लगायतका काम गर्न आवश्यक पर्ने ६७ लाख २३ हजार ७५० रुपैयाँ अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता बास्कोटाले जानकारी दिए।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ७ : ३६ बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको राजन भट्टराईको आरोप, प्रतिवादमा उत्रिन प्रवासी नेपाली मञ्चलाई आग्रह

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५