२०८२, २६ मंसिर शुक्रबार

‘नयाँ युग’ प्रचारमा करोडौँ होइन, सवा ६७ लाखमात्रै खर्च : सञ्चारमन्त्री बास्कोटा

‘नयाँ युग’ प्रचारमा करोडौँ होइन, सवा ६७ लाखमात्रै खर्च : सञ्चारमन्त्री बास्कोटा


काठमाडौँ, १३ मङ्सिर: सरकारले ११ गते धुमधामका साथ सामाजिक सुरक्षा कोषको घोषणा गर्‍यो। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटमै उल्लेख गरी सुरुवात गरेको कोषलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गरे।

सडकका सोलार बत्तीका पोल पोलमा प्रधानमन्त्रीको तस्विरसहित ‘नयाँ युगको सुरुवात’ भयो। काठमाडौंबाट प्रकाशित हुने हरेक ब्रोडसिट दैनिकमा ज्याकेट एड छापिए। हरेक अनलाईनलाई ‘रोड ब्लक’ दिइयो। सरकारको यो तामझामको सामाजिक सञ्जालमा विरोध भयो। तर, कार्यक्रममै प्रधानमन्त्री ओलीले ‘सरकार कहाँ छ भन्नेलाई’ जवाफ दिन तामझाम गरेको बताएका थिए।

आज सरकारका प्रवक्ता गोकुल बास्कोटाले सरकारले करोडौँ खर्च गर्‍यो भन्नु झुट भन्दै सरकारी खर्च सवा ६७ लाख रुपैयाँ भएको जानकारी दिए। कार्यक्रमको अघिल्लो दिन बसेको मन्त्रिपरिषदको बैठकले कार्यक्रम प्रचार प्रसारका लागि रकम स्वीकृत गर्ने निर्णय गरेको थियो। बैठकले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आरम्भ, प्रचारप्रसार तथा समारोह व्यवस्थापन लगायतका काम गर्न आवश्यक पर्ने ६७ लाख २३ हजार ७५० रुपैयाँ अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता बास्कोटाले जानकारी दिए।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ७ : ३६ बजे

शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल चिउरेबासमा जिप दुर्घटना हुँदा

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ