२०८२, ४ माघ आईतबार

फिफा बरियतामा नेपाल एक स्थान तल

फिफा बरियतामा नेपाल एक स्थान तल


काठमाडौँ, १३ मङ्सिर : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ । आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६२औँ स्थानमा पुगेको छ ।

गत महिना नेपाल १६१ औं स्थानमा थियो । बरियताअनुसार दक्षिण एशियामा नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत ९७ औँ स्थानमा यथावत रहेको छ भने माल्दिभ्स एक स्थान तल झर्दै १५२औँ स्थानमा रहेको छ । त्यस्तै भूटान १८६ औँ, बङ्गलादेश १९२औँ, पाकिस्तान १९९ औँ र श्रीलङ्का २०१ औँ स्थानमा रहेका छन् ।

नयाँ बरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा क्रोएसिया र पाँचौ स्थानमा इङ्ग्ल्यान्ड, पोर्चुगल छैटौं, उरुग्वे सातौं, स्विजरल्याण्ड आठौँ, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ६ : ०८ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ