२०८२, १६ असार सोमबार

लालबाबुले ढाँटे, समिति छल्न बिरामीको बहाना

लालबाबुले ढाँटे, समिति छल्न बिरामीको बहाना


काठमाडौं, मंसिर १३ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय संसद्को राज्यव्यवस्था समितिलाई ढाँटेका छन् । उनले समितिको बैठक छल्न बिरामी भएको बहाना पारेका हुन् ।कर्मचारी समायोजनसम्बन्धी अध्यादेशबारे छलफल गर्न बुधबार समितिले पण्डितलाई बोलाएको थियो । अन्तिम समयमा उनले सचिव दिनेश थपलियामार्फत आफू बिरामी परेकाले सहभागी हुन नसकेको खबर पठाए ।

‘मन्त्रीज्यू बिरामी भएर आउन नसकेकाले अध्यादेशबारे केही जानकारी दिन म समितिमा आएको छु,’ समिति सभापति शशि श्रेष्ठले बोल्ने समय दिनेबित्तिकै थपलियाले भने, ‘अध्यादेश मन्त्रिपरिषद्को विधेयक समितिमा विचाराधीन भएकाले मैले धेरै कुरा भन्न मिल्दैन ।’

त्यही समय पण्डित भने मन्त्रालयमै कार्यकर्ता र अन्य व्यक्तिसँग भेटघाटमा व्यस्त थिए । ‘मन्त्रीज्यू आफ्नै काममा व्यस्त हुनुभएकाले समितिको बैठकमा जान सक्नुभएन,’ मन्त्रीका स्वकीय सचिव मनोज राईले भने, ‘दिनभरि नै मन्त्रालयमा व्यस्त हुनुभयो, ४ बजे निवास फर्कनुभयो ।’ समिति बैठक ५ बजेसम्म चलेको थियो । सचिवले मन्त्री बिरामी भएको सुनाए पनि सांसदले विश्वास गरेनन् । नेकपाका कृष्णगोपाल श्रेष्ठले व्यंग्य गरे, ‘बिरामी भएर आउन नसकेको त भन्नुभयो, भरे फेरि टीभीमा भाषण गरेको समाचार आउला, त्यो पनि रोक्न भन्नुस् ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ७ : ३३ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको