२०८३, ३१ जेष्ठ सोमबार

लालबाबुले ढाँटे, समिति छल्न बिरामीको बहाना

लालबाबुले ढाँटे, समिति छल्न बिरामीको बहाना


काठमाडौं, मंसिर १३ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय संसद्को राज्यव्यवस्था समितिलाई ढाँटेका छन् । उनले समितिको बैठक छल्न बिरामी भएको बहाना पारेका हुन् ।कर्मचारी समायोजनसम्बन्धी अध्यादेशबारे छलफल गर्न बुधबार समितिले पण्डितलाई बोलाएको थियो । अन्तिम समयमा उनले सचिव दिनेश थपलियामार्फत आफू बिरामी परेकाले सहभागी हुन नसकेको खबर पठाए ।

‘मन्त्रीज्यू बिरामी भएर आउन नसकेकाले अध्यादेशबारे केही जानकारी दिन म समितिमा आएको छु,’ समिति सभापति शशि श्रेष्ठले बोल्ने समय दिनेबित्तिकै थपलियाले भने, ‘अध्यादेश मन्त्रिपरिषद्को विधेयक समितिमा विचाराधीन भएकाले मैले धेरै कुरा भन्न मिल्दैन ।’

त्यही समय पण्डित भने मन्त्रालयमै कार्यकर्ता र अन्य व्यक्तिसँग भेटघाटमा व्यस्त थिए । ‘मन्त्रीज्यू आफ्नै काममा व्यस्त हुनुभएकाले समितिको बैठकमा जान सक्नुभएन,’ मन्त्रीका स्वकीय सचिव मनोज राईले भने, ‘दिनभरि नै मन्त्रालयमा व्यस्त हुनुभयो, ४ बजे निवास फर्कनुभयो ।’ समिति बैठक ५ बजेसम्म चलेको थियो । सचिवले मन्त्री बिरामी भएको सुनाए पनि सांसदले विश्वास गरेनन् । नेकपाका कृष्णगोपाल श्रेष्ठले व्यंग्य गरे, ‘बिरामी भएर आउन नसकेको त भन्नुभयो, भरे फेरि टीभीमा भाषण गरेको समाचार आउला, त्यो पनि रोक्न भन्नुस् ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ७ : ३३ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क