२०८२, २ माघ शुक्रबार

कुरीति तोड्दै श्रीमानको मृत्युपछि श्रीमतीले लगाईन् रातो लुगा

कुरीति तोड्दै श्रीमानको मृत्युपछि श्रीमतीले लगाईन् रातो लुगा


धादिङ, १२ मङि्सर :  श्रीमानको मृत्युपछि श्रीमतीले रातो लगाउन नहुने मान्यता हामो समाजमा छ ।तर धादिङको थाक्रे गाउँपालिकाका एकल महिलाले यो रुढिवादी संस्कारलाई तोड्दै सामुहिक रुपमा रातो टीका र लुगा लगाएका छन् ।

श्रीमानको निधनपछि सेतो मात्रै लगाएर बस्नुपर्ने परम्पराका कारण अपहेलित हुनु परेकाले सबै महिला एक ठाउँमा भेला भएर रातो लगाइएको स्थानीय एक महिला गोमा तामाङले बताईन् ।

समाजको नकारत्मक सोच हटाउन एकल महिला एक भएर अग्रसर हुनु जरुरी छ, उनले भनिन्, श्रीमानलाई गुमाउनुपर्दाको पीडा बिर्साउन र समाजमा सम्मानपुर्वक बाँच्न हामीहरु रातो पहिरनमा सजिएका छौँ । श्रीमानको मृत्युपश्चात् चुरापोते, सिन्दुर, टीका र रातो कपडा लगाुनु हुन्न भन्ने कुप्रचलनविरुछ यहाँका महिला जुर्मराएका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ७ : ३३ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति