२०८२, २ माघ शुक्रबार

तबलामा हुसेनको हातको जादू

तबलामा हुसेनको हातको जादू


काठमाडौँ, ११ मङ्सिर : विश्वप्रसिद्ध तबला वादक जाकिर हुसेनले तबलाको सङ्गीतबाट आज सयौँलाई मन्त्रमुग्ध बनाउनुभएको छ । यहाँस्थित भारतीय राजदूतावासमा दूतावास, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, नयाँ दिल्ली र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँको आयोजनामा भएको विशेष समारोहमा हुसेनले डेढ घण्टासम्म तबला बजाएर दुवै हातको जादू चलाउनुभयो र सबैलाई लठ्ठै पार्नुभयो ।

उहाँले वर्षाका बेलाको गड्याङगुडुङ र चट्याङ, मृगको चाल जस्ता विषयलाई पनि सङ्गीतमा अनुवाद गर्नुभयो भने सामान्य बोलीचालीलाई पनि तबलाबाटै प्रस्तुत गर्नुभयो । हुसेनलाई सारङ्गीबाट सविर खान, ढोलकबाट नवीन शर्मा र मृदङ्गबाट आनन्द कृष्णले साथ दिएका थिए । चारै माध्यमबाट उत्पन्न सङ्गीतले स्रोता झन् उत्तेजित भएका थिए ।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल भारत सम्बन्ध बढाउन कलासङ्गीतले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा नेपालका मन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, सङ्गीतकार तथा नेपाल र भारतका व्यक्तित्वको सहभागिता थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ९ : ३० बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति