२०८२, २ माघ शुक्रबार

आमूल परिवर्तन हुँदै अध्यागमन विभाग

आमूल परिवर्तन हुँदै अध्यागमन विभाग


काठमाडौँ, ११ मङ्सिर : अध्यागमन विभागका काम कारवाहीलाई आगामी डेढ वर्षभित्रमा आमूल परिवर्तन ल्याउनेगरी सुधारको प्रक्रिया थालिएको छ । विभागमा आउने गुनासालाई कम गर्दै विश्वस्तरको गुणस्तरमा लैजाने प्रक्रिया अघि बढाइएको विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिनुभयो । “आगामी छ महीनामा प्रारम्भिक सुधार र त्यसको एक वर्षमा आमूल परिवर्तन गर्छौं, महानिर्देशक पौडेलले भन्नुभयो, “विभागलाई आरोपबाट मुक्त गर्नतर्फ हाम्रो ध्यान जान्छ ।” अन्तर्राष्ट्रिय विमनास्थलको अध्यागमन व्यवस्थालाई अन्तर्राष्ट्रियस्तरको बनाउन दक्ष जनशक्ति परिचालन गर्ने गृह मन्त्रालयको मार्गचित्रअनुसार काम थालिएको विभागले जनाएको छ । यसका लागि कूल रु २१ करोडको बजेट विनियोजन भएको छ । प्रारम्भिक चरणमा हाइटेक प्रविधिसहितको विभाग बनाउने गरी रु सात करोडको कार्यक्रम चलिरहेको महानिर्देशक पौडेलले जानकारी दिनुभयो ।

सुधारका कार्यक्रमअन्तर्गत विभागले नेपालमा आउने र बाहिर जाने सबैको फोटो र पासपोर्टसहितको विवरण राख्ने, बायोमेट्रिक र आइरिस (आँखाको नानी पहिचान गर्ने) प्रविधि जडान गर्ने पौडेलको भनाइ छ । उहाँका अनुसार अध्यागमन सुधारका लागि इञ्जिनियरसहितको टोलीले काम गरिरहेका छन् । अध्यागमनप्रतिको मानिसको धारणा परिवर्तन गर्ने प्रयास भइरहेको छ । अध्यागमन विभाग पुरानो प्रविधि (इमी सफ्वेयर)मा चलेकाले अब भने सीमा नियन्त्रण (बोर्डर कन्ट्रोल) प्राणालीमा जान खोजेको छ । “यो प्रवेश विन्दु हो, पहिलो भेट हुने संवेदनशील ठाउँ सुधार गर्दा नेपालकै छवि माथि उठेनछ,” महानिर्देशक पौडेलले थप्नुभयो, “त्यसैमा हामी लागेका छौँ ।” गृह मन्त्रालयको समेत उच्च प्राथमिकतामा परेको जानकारी दिँदै उहाँले गौरवका साथ सुधार भयो भनेर देखाउने अठोट व्यक्त गर्नुभयो ।

सार्वजनिक भएको गृह प्रशासन सुधार मार्ग चित्रमा यात्रुहरुको आगमन र प्रस्थानको सूचनाका लागि प्रविधियुक्त अभिलेख प्रणालीको विकाश गरिने फरार अपराधी, आतङ्ककारी तथा अवाञ्छित व्यक्तिको पहिचान तथा आवागमन नियन्त्रणमा समन्वय गरिने, सेवा प्रवाहलाई २४ घण्टा सञ्चालन गर्ने, सबै प्रकारको भिसा र ट्रेकिङ परमिट आवेदन, ट्राभल्स हिस्ट्री, आगमन र गमनपत्र अनलाइनबाट नै भर्न मिल्ने व्यवस्था गर्ने लगायतका विषय उल्लेख छ ।

सो योजना मुताबिक कार्य भइरहेको र त्यसको पहिलो चरणमा आचरण सुधारका लागि कर्मचारीलाई प्रशिक्षणसमेत दिइएको विभागले जनाएको छ । तस्करी र दलालसँग मिलेमतो गर्छ भन्ने आरोपबाट अध्यागमन विभागलाई मुक्त गराउने महानिर्देशक पौडेलले दाबी गर्नुभयो । उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वर्षभरि करीब ४२ लाख मानिस आवतजावत गर्छन् । त्यसमा ११ लाख विदेशी छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ९ : ०६ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति