२०८२, २२ बैशाख सोमबार

अब को बन्ला प्रधानन्यायाधीश ? भावी प्रधानन्यायाधीशका लागि जोशी र जबरा सिफारिस

अब को बन्ला प्रधानन्यायाधीश ? भावी प्रधानन्यायाधीशका लागि जोशी र जबरा सिफारिस


काठमाडौँ, ११ मङ्सिर : न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सर्वाेच्च अदालतका दुई न्यायाधीशको नाम वरिष्ठताका आधारमा संवैधानिक परिषद्मा पठाएको छ । न्याय परिषद् सचिवालयले सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम संवैधानिक परिषद्मा पठाएको परिषद्का सचिव नृपध्वज निरौलाले जानकारी दिनुभयो ।

संवैधानिक परिषद्को बैठक बसी न्यायाधीश जोशी र जबराको नाम संसदीय सुनुवाइ समितिमा पठाएपछि सो समितिले सुनुवाइ गरी अनुमोदन गर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुसमा उमेर हदका कारण अवकाश लिँदै हुनुहुन्छ ।

प्रधानन्यायाधीशको अवकाश हुने भएपछि भावी प्रधानन्यायाधीशका लागि जोशी र जबराको नाम परिषद्ले पठाएको हो । न्यायाधीश जोशीलाई यसअघि नै संसदीय सुनुवाइ समितिले अयोग्य ठहर गरी प्रधानन्यायाधीशका लागि नाम अनुमोदन गरेको थिएन ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ८ : ५४ बजे

प्रशासनकै संरक्षणमा साँस्कृतिक महोत्सव,बढ्यो बिकृति !

काठमाडौं: सिन्धुलीमा गएको बैशाख ११ गते देखि जारी फुड फेस्टिभल

फेवातालमा फसेका ८ जनाको उद्धार

काठमाडौं । हावाहुरीसहित परेको पानीका कारण फेवातालमा फसेका ८ जनाको

लागुऔषध नियन्त्रणदेखी फरार अभियुक्त पक्राउसम्मको तथ्य

सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्‌लेले आफ्‌नो एक वर्षे बसाईका क्रममा

हेटौंडामा सडक भासिँदा गाडी जमिनभित्र गायब

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा

विश्वभरको मानव अधिकारको अवस्था प्रतिकुल बन्दै गएकोमा चिन्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रभावले विनाशकारी प्रवृत्तिहरूलाई