२०८२, २९ भाद्र आईतबार

गुलरिया जोगाउन तटबन्ध निर्माण गरिने

गुलरिया जोगाउन तटबन्ध निर्माण गरिने


धम्बोझी, ११ मङ्सिर :बर्दियाको सदरमुकाम गुलरियालाई बबई नदीमा आउने बाढीबाट जोगाउन यस वर्ष करीब छ किलोमिटर तटबन्ध निर्माण गरिने भएको छ । नदी व्यवस्थापन गर्न सञ्चालनमा आएको बबई भादा औराही नदी व्यवस्थापन आयोजनले जोखिमयुक्त स्थानहरूमा नदी व्यवस्थापनलाई तीव्र रूपमा अगाडि बढाएको छ । गुलरिया नगरपालिकाको पण्डितपुर, जब्दिघाट, रामपुरटापु बालापुर, प्रयागपुर, पशुहाट, थपुवा र लट्कनियाबाट नदी शहर पस्ने गरेको छ ।

नदीले वर्षेनि विध्वंश मच्चाउँदा बर्दियावासी हैरान भएका थिए । बबई नदी व्यस्थापन गर्न भनेर बबई भादा औराही नदी व्यवस्थापन आयोजना स्थापना गरिएको थियो । यस आयोजनाका लागि प्रत्येक वर्ष ७८ करोड विनियोजन हुने भएको भए पनि चालु आवमा सरकारले रु २१ करोड ५० लाख मात्र उपलब्ध गराएको बताउँदै आयोजना प्रमुख जीतबहादुर थापाले रकम थप गर्न सबै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले पाँच वर्षभित्र बबई नदीको दाहिने किनारातर्फ पर्ने सङ्गम बस्तीदेखि भारतीय सिमानाको लट्कनिया गाउँसम्म २८ किलोमिटर नदी व्यवस्थापन गर्न विस्तृत परियोजना प्रतिवेदन तयार भएको र त्यसै अनुरूप तीव्र्र गतिमा काम भइरहेको बताउनुभयो । बबई नदी व्यवस्थापनमा यतिबेला १५ स्थानमा धमाधम काम भइरहेको छ ।

प्रत्येक वर्ष आउने बाढीले गुलरियावासीको जीवनयापनमा निकै समस्या पार्ने गरेको हुनाले तीव्र गतिमा काम अगाडि बढे बाढीबाट नगरवासीलाई मुक्त गराउन सकिने भएकाले तीव्र रूपमा काम अगाडि बढाउनुपर्ने गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादवले बताउनुभयो । गुलरिया नगरपालिकाको सङ्गम बस्तीबाट नदी पस्दा संरक्षित जनावर कृष्णसारसमेत सङ्कटमा परेको गुलरिया नगरपालिका–२ का वडाध्यक्ष टङ्क अधिकारिले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ७ : १२ बजे

काभ्रेको बनेपाबाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

बनेपा : काभ्रेको बनेपा नगरपालिका-९ बाट प्रहरीले ७३० राउण्ड गोलीसहित

राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस–२०८२ को अवसरमा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना उपदान तथा पेन्सन कोषमार्फत

एसिया कप २०२५: आज भारत र पाकिस्तानबीच प्रतिक्षित भिडन्त

काठमाडौं । क्रिकेट प्रेमीहरूको ध्यान तान्ने एसिया कप २०२५ अन्तर्गत

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी