२०८३, ३१ जेष्ठ सोमबार

नयाँ यात्राको शुरुवात भयो : मन्त्री विष्ट

नयाँ यात्राको शुरुवात भयो : मन्त्री विष्ट


काठमाडौँ, ११ मङ्सिर : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विगतको अनिश्चिता र असुरक्षित अवस्थाको अन्त्य गर्दै सामाजिक सुरक्षाको क्षेत्रमा निश्चित र सुरक्षित यात्रा शुरु भएको बताउनुभएको छ । श्रमिकको जीवनमा दीर्घकालीन महत्व राख्ने योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक सुरक्षाका योजनाको कार्यान्वयनबाट नेपाली समाज र आम जनताको जीवनमा सुखद् परिवर्तन ल्याउने बताउनुभयो ।

“आजको दिन श्रम गरेर जीवीकोपार्जन गर्ने र रोजगार प्रदान गर्ने उद्यमी, व्यवसायी दुवैका लागि अन्यन्त महत्वपूर्ण दिन हो,” उहाँले भन्नुभयो, “यस कदमबाट आगामी दिनमा श्रमजीवीको जीवनमा देखिएको अनिश्चित र असुरक्षित अवस्थको अन्त्य हुनेछ । उनीहरु आफ्नो भविश्यप्रति निश्चिन्त भई मर्यादित श्रम गर्न र सम्मानजनक जीवनयापन गर्न पाउनेछन् ।” मन्त्री विष्टले रोजगारदाताले आफ्नो औद्योगिक प्रतिष्ठानमा असल श्रम सम्बन्ध कायम राखी ढुक्कसँग लगानी र व्यवसाय गर्ने वातावरण प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । “सुरक्षित र निश्चित भविश्यको सुनिश्चिताले श्रमिक पूर्णरुपले काममा केन्द्रित हुन सक्नेछन्”, उहाँले भन्नुभयो, “श्रमिक र औद्योगिक प्रतिष्ठान दुवैको उत्पादकत्व बढ्न गई राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने छ । सन्तुलित एवं दीगो आर्थिक विकास हासिल गर्न सफलता प्राप्त हुनेछ ।”

सामाजिक सुरक्षाको सफल कार्यान्वयनबाट मात्र सभ्य समाज, समृद्ध देश र सुखी जनताको सपना साकार पार्न सकिने विश्वास व्यक्त गर्दै उहाँले सामाजिक सुरक्षा योजना राज्यको कल्याणकारी एवं नैतिक दायित्व निर्वाह गर्ने र सामाजिक न्याय सुनिश्चित गर्ने उपाय भएको बताउनुभयो । मन्त्री विष्टले भन्नुभयो, “यी योजनाले व्यक्ति र परिवारको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्दै गरीबीबाट जोगाउन मद्दत गर्दछ । सधैँका लागि सामाजिक सुरक्षाको लक्ष्य रोजगारदाता, श्रमिक र सरकारबीचको त्रिपक्षीय साझेदारी र अन्तर्राष्ट्रिय श्रम मापदण्डको पालनाबाट मात्र हुन सक्छ ।”

श्रम मन्त्रालयका सचिव एवं सामाजिक सुरक्षा कोषका अध्यक्ष महेशप्रसाद दहालले कोषलाई व्यावसायिक संस्थाका रुपमा रुपान्तरण गर्ने कामको थालनी गरिसकेको बताउनुभयो । कोषको सञ्चालक समिति त्रिपक्षीय रहेको जानकारी दिँदै उहाँले कोषमा सरकार, रोजगारदाता र श्रमिकको प्रतिनिधित्व रहेको बताउनुभयो । सचिव दहालले श्रमिक र उद्योगीको साझा प्रतिबद्धता र सहकार्यले असल श्रम सम्बन्धको विकास, उत्पादकत्व वृद्धि र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ६ : ४३ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क