२०८३, २४ आश्विन आईतबार

प्रदेश नं ३ को पाँच विधेयक पारित

प्रदेश नं ३ को पाँच विधेयक पारित


हेटौँडा, ११ मङ्सिर: प्रदेश नं ३ को प्रदेशसभाको बैठकले विभिन्न पाँच वटा विधेयक सर्वसम्मत पारित गरेको छ । आज अपराह्नमा बसेको बैठकले प्रदेश कार्य सञ्चालन कोष व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश सञ्चारमाध्यमको व्यवस्थापन गर्न बनेको विधेयक, २०७५, प्रदेशमा संस्था दर्ता गर्ने व्यवस्थापन गर्न बनेको विधेयक, २०७५, प्रदेशमा प्राविधिक शिक्षा परिषद् स्थापना गर्न बनेको विधेयक, २०७५ र प्रदेशमा खेलकूद विकास व्यवस्थापन गर्न बनेको विधेयक, २०७५, पारित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशका कार्यवाहक मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सञ्चारमाध्यमको व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश संस्था दर्ता गर्ने व्यवस्थापन गर्न बनेको विधेयक टेबुल गर्नुभएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल प्रदेश कार्य सञ्चालन कोष व्यवस्था गर्न बनेको विधेयक तथा सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशमा प्राविधिक शिक्षा परिषद् स्थापना गर्न बनेको विधेयक र प्रदेशमा खेलकूद विकास व्यवस्थापन गर्न बनेको विधेयकको छुट्टाछुट्टै प्रस्ताव गर्नुभएको थियो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा सञ्चालन कार्यविधिअनुसार आवश्यक प्रक्रिया पूरा गर्दै ती प्रस्तावलाई बैठकमा निणायार्थ प्रस्तुत गर्नुभएको थियो । सोही आधारमा सर्वसम्मतिले उक्त विधेयकहरु पारित गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ६ : २५ बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको राजन भट्टराईको आरोप, प्रतिवादमा उत्रिन प्रवासी नेपाली मञ्चलाई आग्रह

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५