२०८२, २२ बैशाख सोमबार

‘महिला हिंसाविरुद्धको अभियान सामाजिक आन्दोलनको अङ्ग बन्नुपर्छ’: रक्षामन्त्री पोखरेल

‘महिला हिंसाविरुद्धको अभियान सामाजिक आन्दोलनको अङ्ग बन्नुपर्छ’: रक्षामन्त्री पोखरेल


विराटनगर, ११ मङ्सिर : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले महिला हिंसाविरुद्धको अभियान सामाजिक आन्दोलनको अङ्ग बन्नुपर्ने बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सामाजिक अभिशापका रुपमा रहेको महिला हिंसालाई अन्त्य गर्न सबै राजनीतिक दलको छलफलको विषय बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विकास, समृद्धि र सामाजिक जागृतिका लागि एकापसमा हातेमालो गरेर हिँड्नु आवश्यक रहेको उल्लेख गर्दै महिला हिंसाविरुद्धको सचेतना कार्यक्रममा व्यापकता ल्याउनुपर्ने बताउनुभयो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले महिला हिंसाको विषयमा प्रदेश सरकारले शून्य सहनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसाले हिंसा रोक्न अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।

प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले परम्परागत सोच र मान्यताका कारण समाजमा महिला हिंसा बढिरहेको चर्चा गर्नुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले महिला हिंसा अन्त्य गर्न सचेतना ल्याउनुपर्ने धारणा राख्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महिला हिंसा रोक्न कानूनमा कठोरता ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुख र सरोकारवाला गरी ३०० जनाको सहभागिता रहेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ५ : ५५ बजे

प्रशासनकै संरक्षणमा साँस्कृतिक महोत्सव,बढ्यो बिकृति !

काठमाडौं: सिन्धुलीमा गएको बैशाख ११ गते देखि जारी फुड फेस्टिभल

फेवातालमा फसेका ८ जनाको उद्धार

काठमाडौं । हावाहुरीसहित परेको पानीका कारण फेवातालमा फसेका ८ जनाको

लागुऔषध नियन्त्रणदेखी फरार अभियुक्त पक्राउसम्मको तथ्य

सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्‌लेले आफ्‌नो एक वर्षे बसाईका क्रममा

हेटौंडामा सडक भासिँदा गाडी जमिनभित्र गायब

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा

विश्वभरको मानव अधिकारको अवस्था प्रतिकुल बन्दै गएकोमा चिन्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रभावले विनाशकारी प्रवृत्तिहरूलाई