२०८३, ३१ जेष्ठ सोमबार

जनचाहना अनुरुप काम हुन सकेन : वरिष्ठ नेता पौडेल

जनचाहना अनुरुप काम हुन सकेन : वरिष्ठ नेता पौडेल


दमौली, १० मङ्सिर: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनचाहना अनुरुप काम गर्न नसकेको आरोप लगाउनुभएको छ । तनहुँको भानु नगरपालिका–९ र १० का पार्टी कार्यकर्तासँग आज भएको भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले विमान खरीद प्रकरणमा अनियमितताको कुरा उठ्नु, निर्मला पन्त हत्या प्रकरणमा हत्यारालाई पक्राउ गर्न नसक्नु र विकास निर्माणका कामहरु जनचाहना अनुरुप अघि बढाउन सरकार सफल हुन नसकेको आरोप लगाउनुभयो ।

सो कार्यकर्ता भेटघाटमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, नेपाली काङ्ग्रेसका पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, प्रदेशसभा सदस्य सरिता गुरुङ, पार्टी जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी लगायतले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको धारणा राख्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ९ : ३८ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क