२०८२, १४ माघ बुधबार

जनचाहना अनुरुप काम हुन सकेन : वरिष्ठ नेता पौडेल

जनचाहना अनुरुप काम हुन सकेन : वरिष्ठ नेता पौडेल


दमौली, १० मङ्सिर: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनचाहना अनुरुप काम गर्न नसकेको आरोप लगाउनुभएको छ । तनहुँको भानु नगरपालिका–९ र १० का पार्टी कार्यकर्तासँग आज भएको भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले विमान खरीद प्रकरणमा अनियमितताको कुरा उठ्नु, निर्मला पन्त हत्या प्रकरणमा हत्यारालाई पक्राउ गर्न नसक्नु र विकास निर्माणका कामहरु जनचाहना अनुरुप अघि बढाउन सरकार सफल हुन नसकेको आरोप लगाउनुभयो ।

सो कार्यकर्ता भेटघाटमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, नेपाली काङ्ग्रेसका पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, प्रदेशसभा सदस्य सरिता गुरुङ, पार्टी जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी लगायतले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको धारणा राख्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ९ : ३८ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै