२०८१, १८ चैत्र मंगलबार

दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली

दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली


काठमाडौँ, १० मङ्सिर: प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताउनुभएको छ । उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को प्रथम बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै उहाँले उत्पादनका नयाँ क्षेत्र पहिचान गरी त्यसलाई कार्यान्वयन गरेर दुई अङ्कको आर्थिक वृद्धिसहित समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “परम्परागत ढङ्गले धान, गहुँ, आलु फलाएर मात्र आर्थिक वृद्धि र समृद्धि हासिल हुँदैन, खनिज पदार्थको उत्खनन र कृषिको आधुनिकीकरणमार्फत देशलाई समृद्ध बनाउन सकिन्छ ।”

प्रधानमन्त्री ओलीले देश निर्माणको प्रमुख आधार सुशासनको पालनामा निजी र सरकारी सबै क्षेत्र सजग हुनुपर्ने बताउँदै सरकार यथाशक्य लचिलो भएर ऐनकानून परिमार्जन गर्न तयार रहेको जानकारी दिनुभयो । सङ्घीय संसद्को आगामी अधिवेशनमा आफ्ना क्षेत्रमा भएका ऐनकानूनका अप्ठ्यारालाई लिपिबद्ध गरेर संसद् सचिवालयमा बुझाउन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “संसद्को आगामी अधिवेशनमा संशोधन गर्नुपर्ने ऐनकानूनहरु कारणसहित पेश गर्नुहोस्,हामी त्यसलाई अध्ययन गरेर सजिलो बनाउने प्रयास गर्छौं ।”
-रासस

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ९ : ०९ बजे

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

काठमाडौं । चैत १५ र १८ गते बसेको मन्त्रिपरिषद बैठकका

मधेश प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण

जनकपुर । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशसभाबाट

विदेश जान रोक्न स्वदेशमै रोजगारमूलक तालिम

मुगु । बेरोजगारीको कारण दैनिक ३० देखि ४० जनासम्म मुगुका

प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक

काठमाडौंमा लम्बियो कर्फ्यूको समय, भोलि बिहान ७ बजेसम्म कायम रहने अधिकारीको भनाई

काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्मका लागि जारी भएको