२०८२, २० फाल्गुन बिहीबार

गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल परीक्षण

गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल परीक्षण


फिक्कल, १० मङ्सिर: इलाम, देउमाई नगरपालिकास्थित गुफाथुम्कीबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पर्यटन व्यवसायी तथा प्याराग्लाइडिङ बाङचु शेर्पाले बिहान ११ बजे गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल उडान गर्नुभएको हो ।

गुफाथुम्कीबाट उडाइएको प्याराग्लाइडिङ गुम्बाडाँडामा अवतरण गराइएको देउमाई नगरपालिका–४ का वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्रको प्रवद्र्धन र बढी पर्यटन भित्र्याउने कार्यमा यस अभियानले सार्थकता पाउने उहाँको भनाइ छ ।

यसअघि शेर्पाले इलाम र पाँचथरका विभिन्न डाँडामा समेत सम्भावना उडान गरिसकेको बताउनुभयो । देउमाई नगरपालिकाको गुफाथुम्की र सिद्धिथुमकाबाट प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरिएको वडाध्यक्ष बाँस्तोलाले बताउनुभयो । गुफाथुम्कीबाट सफल भएको प्याराग्लाइडिङ अब सिद्धिथुम्काबाट पनि परीक्षण गरिने जनाइएको छ ।

देउमाई नगरपालिकाका प्रमुख सूर्य पोखरेलले प्याराग्लाइडिङले यस क्षेत्रमा धेरै पर्यटक भित्रिने भएकाले यसमा नगरपालिकाले सक्दो सहयोग गरिने बताउँदै पर्यटन व्यवसायीलाई सृजनशील र नयाँ व्यवसायको खोजी गर्न पनि सल्लाह दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ७ : ५२ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको