२०८२, १ माघ बिहीबार

गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल परीक्षण

गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल परीक्षण


फिक्कल, १० मङ्सिर: इलाम, देउमाई नगरपालिकास्थित गुफाथुम्कीबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पर्यटन व्यवसायी तथा प्याराग्लाइडिङ बाङचु शेर्पाले बिहान ११ बजे गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल उडान गर्नुभएको हो ।

गुफाथुम्कीबाट उडाइएको प्याराग्लाइडिङ गुम्बाडाँडामा अवतरण गराइएको देउमाई नगरपालिका–४ का वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्रको प्रवद्र्धन र बढी पर्यटन भित्र्याउने कार्यमा यस अभियानले सार्थकता पाउने उहाँको भनाइ छ ।

यसअघि शेर्पाले इलाम र पाँचथरका विभिन्न डाँडामा समेत सम्भावना उडान गरिसकेको बताउनुभयो । देउमाई नगरपालिकाको गुफाथुम्की र सिद्धिथुमकाबाट प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरिएको वडाध्यक्ष बाँस्तोलाले बताउनुभयो । गुफाथुम्कीबाट सफल भएको प्याराग्लाइडिङ अब सिद्धिथुम्काबाट पनि परीक्षण गरिने जनाइएको छ ।

देउमाई नगरपालिकाका प्रमुख सूर्य पोखरेलले प्याराग्लाइडिङले यस क्षेत्रमा धेरै पर्यटक भित्रिने भएकाले यसमा नगरपालिकाले सक्दो सहयोग गरिने बताउँदै पर्यटन व्यवसायीलाई सृजनशील र नयाँ व्यवसायको खोजी गर्न पनि सल्लाह दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ७ : ५२ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा