२०८३, ७ कार्तिक शनिबार

‘ए’ डिभिजन लिग : थ्री स्टार र पुलिस विजयी

‘ए’ डिभिजन लिग : थ्री स्टार र पुलिस विजयी


काठमाडौँ, १० मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा न्यू रोड टीम ९एनआरटी०लाई २–० ले पराजित गर्दै थ्री स्टार विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि थ्री स्टारले खेलको ७५औँ मिनेटमा रञ्जित धिमालको गोलबाट अग्रता लिएको थियो । थ्री स्टारका खेलाडी अजायी मार्टिन्सलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको थियो ।

एनआरटीका गोलरक्षक अजित प्रजापतिले पेनाल्टी बचाए पनि रञ्जितले रिबाउण्डमा आएको बललाई गोलमा परिणत गरेका थिए । उनले लगातार तेस्रो खेलमा गोल गरेका हुन् । रञ्जितले ब्रिगेड ब्वाइज र मनाङविरुद्ध पनि गोल गरेका थिए । दोस्रो हाफको इञ्जुरी समयको पहिलो मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्री स्टारको जीत पक्का गरे । मिडफिल्डर सुनील बलले दिएको हेडर पासमा मार्टिन्सले हेडरमार्फत नै गोल गरेका थिए ।

जीतसँगै थ्री स्टारले चार खेलमा नौ अङ्क जोडेको छ । एनआरटी भने लगातार तेस्रो हारपछि चार खेलमा एक अङ्कमै रहेको छ । लगातार दुई खेल जितेर उत्कृष्ट ुशरुआत गरेको थ्री स्टार पछिल्लो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित भएको थियो । एनआरटीले लिगको उद्घाटन खेलमा आर्मीसँग अङक बाँड्नुबाहेक त्यसयता राम्रो खेल्न सकेको छैन ।

यसैगरी आजै हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा भएको अर्को खेलमा च्यासल युथ क्लबलाई २–० गोलले पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसको जीतमा खेलको ३८औँ मिनेटमा रवि पासवानले गोल गरेका थिए । त्यसैगरी खेलको ८८औँ मिनेटमा भरत साहले गोल गर्दै पुलिसको जीत सुनिश्चित गरेका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ६ : ०८ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट