२०८३, १८ भाद्र शुक्रबार

‘ए’ डिभिजन लिग : थ्री स्टार र पुलिस विजयी

‘ए’ डिभिजन लिग : थ्री स्टार र पुलिस विजयी


काठमाडौँ, १० मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा न्यू रोड टीम ९एनआरटी०लाई २–० ले पराजित गर्दै थ्री स्टार विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि थ्री स्टारले खेलको ७५औँ मिनेटमा रञ्जित धिमालको गोलबाट अग्रता लिएको थियो । थ्री स्टारका खेलाडी अजायी मार्टिन्सलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको थियो ।

एनआरटीका गोलरक्षक अजित प्रजापतिले पेनाल्टी बचाए पनि रञ्जितले रिबाउण्डमा आएको बललाई गोलमा परिणत गरेका थिए । उनले लगातार तेस्रो खेलमा गोल गरेका हुन् । रञ्जितले ब्रिगेड ब्वाइज र मनाङविरुद्ध पनि गोल गरेका थिए । दोस्रो हाफको इञ्जुरी समयको पहिलो मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्री स्टारको जीत पक्का गरे । मिडफिल्डर सुनील बलले दिएको हेडर पासमा मार्टिन्सले हेडरमार्फत नै गोल गरेका थिए ।

जीतसँगै थ्री स्टारले चार खेलमा नौ अङ्क जोडेको छ । एनआरटी भने लगातार तेस्रो हारपछि चार खेलमा एक अङ्कमै रहेको छ । लगातार दुई खेल जितेर उत्कृष्ट ुशरुआत गरेको थ्री स्टार पछिल्लो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित भएको थियो । एनआरटीले लिगको उद्घाटन खेलमा आर्मीसँग अङक बाँड्नुबाहेक त्यसयता राम्रो खेल्न सकेको छैन ।

यसैगरी आजै हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा भएको अर्को खेलमा च्यासल युथ क्लबलाई २–० गोलले पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसको जीतमा खेलको ३८औँ मिनेटमा रवि पासवानले गोल गरेका थिए । त्यसैगरी खेलको ८८औँ मिनेटमा भरत साहले गोल गर्दै पुलिसको जीत सुनिश्चित गरेका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ६ : ०८ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण