२०८२, २४ कार्तिक आईतबार

आफु भन्दा ठुलो मान्यजनको गोडा किन छुनु पर्छ ? जान्नुहोस्

आफु भन्दा ठुलो मान्यजनको गोडा किन छुनु पर्छ ? जान्नुहोस्


हाम्रो संस्कारमा आफ्ना मान्यजनको खुट्टा छुनु वा खुट्टामा ढोग्नु आदरभावको नमूना मानिन्छ । खुट्टा छुँदा आपसमा प्रेम बढ्छ । यहाँ आफ्ना मान्यजनको खुट्टा छुनु किन आवश्यक छ भन्ने विषयमा चर्चा गरिएको छ । हिन्दु संस्कृतिमा आफू भन्दा ठूला र मान्यजनको आदर र सेवा संस्कारको महत्वपूर्ण हिस्सा मानिन्छ ।

हिन्दु धर्मग्रन्थहरु रामायण, महाभारत र गीतामा आफ्ना मान्यजनको सम्मानको महत्व उल्लेख गरिएको छ । आमा बाबु र गुरु लगायत सबै मान्यजनको खुट्टा छुँदा पाइने आसिर्वादले संकट मोचन हुने तथ्य समेत उल्लेख छ । जुन ब्यक्तिको कुण्डलीमा पितृदोष हुन्छ त्यस्ता ब्यक्तिले हरेक विहान आफ्ना घरका आफू भन्दा ठूला सदस्यहरुको आसिर्वाद लिँदा त्यस्तो दोष नाश हुने विश्वास गरिन्छ ।

हिन्दू धर्मशास्त्रमा भनिएको छ कि

अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनस्।

चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशो बलम्।।

अर्थात जसले आफ्ना मान्यजनलाई दैनिक प्रमाण र चरणस्पर्श गरेर सेवा गर्छ त्यस्ता ब्यक्तिको यश, विद्या र शक्ति बढ्छ । यदि जीवनमा सफलता चाहुन हुन्छ भने आफ्ना मान्यजनको चरणस्पर्श गर्नुस् । आफू भन्दा ठूलाको सम्मानबाट आयु, यश र बल तथा विद्या बढ्ने कुरा बैज्ञानिक पनि छ ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ५ : २३ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।