२०८२, १४ माघ बुधबार

प्रदेशसभा बैठकमा विधेयकका प्रतिवेदन पेश, कावा मुख्यमन्त्री जम्कटेल 

प्रदेशसभा बैठकमा विधेयकका प्रतिवेदन पेश, कावा मुख्यमन्त्री जम्कटेल 


हेटौँडा १० मंसीर : प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा पाँच विधेयकका प्रतिवेदन टेबुल गरिएको छ । प्रदेशसभाको केही हप्ता बसेको बैठकले विभिन्न समितिमा दफावार छलफलका लागि पाँच विधेयक पठाएको थियो ।

प्रदेशसभाको बैठकमा प्रदेश मामिला समितिका अध्यक्ष माधवप्रसाद पौडेलले प्रदेशमा सङ्घसंस्था दर्ता गर्न बनेको विधेयक २०७५, प्रदेशमा सञ्चारमाध्यमलाई व्यवस्थित गर्न बनेको विधेयक २०७५, प्रदेशसभाका सदस्य सरेश नेपालले कृषि तथा स्वास्थ्य र सामाजिक समितिका तर्फबाट प्रदेश कार्य सञ्चालन गर्न बनेको विधेयक २०७५ र प्रदेशसभाका सदस्य घनश्याम दाहालले कृषि तथा स्वास्थ्य र सामाजिक समितिका तर्फबाट प्रदेशमा प्राविधिक शिक्षा परिषद्को व्यवस्था गर्न बनेको विधेयक २०७५ तथा प्रदेशमा खेलकूद विकास समिति गठन गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफल भई आएका प्रतिवेदन क्रमशः टेबुल गर्नु भएकोे थियो ।

कावा मुख्यमन्त्री जम्कटेल
मुख्यमन्त्री डोरमणि पौडेलले आफू देश बाहिर नेपालको प्रतिनिधित्व गरेर यही मङ्सिर ९ गतेदेखि जानुपर्ने भएकाले आफू फर्केर नआउञ्जेल कावा मुख्यमन्त्रीमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललाई गरेको सिफारिश प्रदेश प्रमुख अनुराधा कोइरालाले सदर गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक यही मङ्सिर ११ मध्याह्न १२ बजे बस्ने गरी तोक्नुभएको छ । मङ्गलबारदेखि शुरु हुने बैठकमा ती विधेयकको प्रतिवेदनमाथि छलफल शुरु हुने नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ५ : ०५ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै