२०८३, ३१ जेष्ठ सोमबार

प्रदेशसभा बैठकमा विधेयकका प्रतिवेदन पेश, कावा मुख्यमन्त्री जम्कटेल 

प्रदेशसभा बैठकमा विधेयकका प्रतिवेदन पेश, कावा मुख्यमन्त्री जम्कटेल 


हेटौँडा १० मंसीर : प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा पाँच विधेयकका प्रतिवेदन टेबुल गरिएको छ । प्रदेशसभाको केही हप्ता बसेको बैठकले विभिन्न समितिमा दफावार छलफलका लागि पाँच विधेयक पठाएको थियो ।

प्रदेशसभाको बैठकमा प्रदेश मामिला समितिका अध्यक्ष माधवप्रसाद पौडेलले प्रदेशमा सङ्घसंस्था दर्ता गर्न बनेको विधेयक २०७५, प्रदेशमा सञ्चारमाध्यमलाई व्यवस्थित गर्न बनेको विधेयक २०७५, प्रदेशसभाका सदस्य सरेश नेपालले कृषि तथा स्वास्थ्य र सामाजिक समितिका तर्फबाट प्रदेश कार्य सञ्चालन गर्न बनेको विधेयक २०७५ र प्रदेशसभाका सदस्य घनश्याम दाहालले कृषि तथा स्वास्थ्य र सामाजिक समितिका तर्फबाट प्रदेशमा प्राविधिक शिक्षा परिषद्को व्यवस्था गर्न बनेको विधेयक २०७५ तथा प्रदेशमा खेलकूद विकास समिति गठन गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफल भई आएका प्रतिवेदन क्रमशः टेबुल गर्नु भएकोे थियो ।

कावा मुख्यमन्त्री जम्कटेल
मुख्यमन्त्री डोरमणि पौडेलले आफू देश बाहिर नेपालको प्रतिनिधित्व गरेर यही मङ्सिर ९ गतेदेखि जानुपर्ने भएकाले आफू फर्केर नआउञ्जेल कावा मुख्यमन्त्रीमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललाई गरेको सिफारिश प्रदेश प्रमुख अनुराधा कोइरालाले सदर गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक यही मङ्सिर ११ मध्याह्न १२ बजे बस्ने गरी तोक्नुभएको छ । मङ्गलबारदेखि शुरु हुने बैठकमा ती विधेयकको प्रतिवेदनमाथि छलफल शुरु हुने नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ५ : ०५ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क