२०८२, २४ कार्तिक आईतबार

सर्वाधिक अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप र साइकल वितरण

सर्वाधिक अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप र साइकल वितरण


राजविराज, १० मङ्सिर  : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एसइई २०७५ सालको परीक्षामा सर्वाधिक अङ्क ल्याउने छ जना विद्यार्थीलाई आइतबार पुरस्कार वितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आथित्य र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका तीन वटा विद्यालयका एक छात्रा र एक छात्र गरी छ जनालाई पुरस्कार वितरण गरिएको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो ।

गाउँपालिकामा नै सर्वाधिक अङ्क ल्याएका लक्ष्मीबल्भ नरसिंह माध्यमिक विद्यालयका छात्र ओमप्रकाश साह र छात्रा इतिसा अधिकारीलाई एक थान ल्यापटप र एक थान साइकल दिनुका साथै प्रमाणपत्र दिई सम्मान गरिएको थियो ।

यस्तै जनता मावि तोपाका रञ्जन यादव र रविराज सिंह र जनता मावि लौनिया तिलाठीका निभाकुमारी झा र देवेन्द्रकुमार खंगलाई पनि एक थान साइकल र प्रमाणपत्र दिई सम्मान गरिएको स्थानीयवासी सिंहले बताउनुभयो ।

साथै जनता मावि तोपाका शिक्षिका ललिता झालाई अतिरिक्त माध्यमबाट शिक्षणमा सहयोग गरेको भन्दै पुरस्कार प्रदान गरिएको थियो ।

 

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ११ : ४० बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।