२०८२, १९ कार्तिक मंगलबार

बैठकमा रेणु रोएपछि…

बैठकमा रेणु रोएपछि…


काठमाडौं, मंसिर १० : पार्टीको कार्यसम्पादन समितिको बैठकमै रोएपछि संघीय फोरमकी उपाध्यक्ष रेणु यादवले माफी पाएकी छन् । माफीसँगै उनलाई कारबाही गर्ने प्रस्ताव फोरमकै औपचारिकरुपमा फिर्ता लिएको छ । गत बिहीबार बसेको पार्टीको कार्यासम्पादन समितिको बैठकमा पार्टी कार्यालय सचिव तथा कार्यसम्पादन समिति सदस्य प्रकाश अधिकारीले रेणुलाई कारबाही गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

अधिकारीको प्रस्तावलाई अन्य केही नेताले पनि सहमति जनाएको स्रोतको भनाई छ । तर, यस विषयमा पार्टी अध्यक्ष उपेन्द्र यादवले भने केही बोलेका थिएनन् । पार्टी केन्द्रीय समितिले दिएको निदेर्शनलाई उल्लंघन गरी रेणुले गत असोज ३ मा कालो दिवस मनाउने निर्णय गरेकाले उनलार्य कारबाही गर्नुपर्ने प्रस्ताव अधिकारीले बैठकमा गरेका थिए ।

केन्द्रिय समितिले दिएको निर्देशनलाई ठाडो उल्लंघन गर्नु भनेको पार्टीमा अनुशांसनहीनता ल्याउनु हो, त्यसैले रेणुमाथि कारबाही होस्, स्रोतका अनुसार अधिकारीले बैठकमा प्रस्ताव राखेका थिए । बैठकमा यस्तो प्रस्ताव आएपछि रेणु केहीबेर रोईन् । पार्टीका लागि अफुले गरेको योगदानबारे व्याख्या गर्दै उनले राजीनामा दिने घोषणा गरिन्, स्रोतले भन्यो, त्यसपछि उनले हस्ताक्षर नगरिएको राजीनामा पार्टी अध्यक्ष यादवलाई बुझाईन् र त्यहाँबाट हिँडिन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ७ : ०० बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई