२०८३, ३१ जेष्ठ सोमबार

बैठकमा रेणु रोएपछि…

बैठकमा रेणु रोएपछि…


काठमाडौं, मंसिर १० : पार्टीको कार्यसम्पादन समितिको बैठकमै रोएपछि संघीय फोरमकी उपाध्यक्ष रेणु यादवले माफी पाएकी छन् । माफीसँगै उनलाई कारबाही गर्ने प्रस्ताव फोरमकै औपचारिकरुपमा फिर्ता लिएको छ । गत बिहीबार बसेको पार्टीको कार्यासम्पादन समितिको बैठकमा पार्टी कार्यालय सचिव तथा कार्यसम्पादन समिति सदस्य प्रकाश अधिकारीले रेणुलाई कारबाही गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

अधिकारीको प्रस्तावलाई अन्य केही नेताले पनि सहमति जनाएको स्रोतको भनाई छ । तर, यस विषयमा पार्टी अध्यक्ष उपेन्द्र यादवले भने केही बोलेका थिएनन् । पार्टी केन्द्रीय समितिले दिएको निदेर्शनलाई उल्लंघन गरी रेणुले गत असोज ३ मा कालो दिवस मनाउने निर्णय गरेकाले उनलार्य कारबाही गर्नुपर्ने प्रस्ताव अधिकारीले बैठकमा गरेका थिए ।

केन्द्रिय समितिले दिएको निर्देशनलाई ठाडो उल्लंघन गर्नु भनेको पार्टीमा अनुशांसनहीनता ल्याउनु हो, त्यसैले रेणुमाथि कारबाही होस्, स्रोतका अनुसार अधिकारीले बैठकमा प्रस्ताव राखेका थिए । बैठकमा यस्तो प्रस्ताव आएपछि रेणु केहीबेर रोईन् । पार्टीका लागि अफुले गरेको योगदानबारे व्याख्या गर्दै उनले राजीनामा दिने घोषणा गरिन्, स्रोतले भन्यो, त्यसपछि उनले हस्ताक्षर नगरिएको राजीनामा पार्टी अध्यक्ष यादवलाई बुझाईन् र त्यहाँबाट हिँडिन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ७ : ०० बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क