२०८२, १२ माघ सोमबार

कर्णाली प्रदेश पाश्र्वचित्र बनाइने

कर्णाली प्रदेश पाश्र्वचित्र बनाइने


सुर्खेत, ९ मङ्सिर : कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कार्यक्रममा आयोगका उपाध्यक्ष डा पुण्यप्रसाद रेग्मी, सदस्यद्वय डा दीपेन्द्र रोकाया र योगेन्द्र शाहीले शपथ ग्रहण गर्नुभयो । आयोगका अध्यक्ष तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उपाध्यक्ष डा रेग्मीलाई शपथ ग्रहण गराउनुभएको थियो । आफूले शपथ ग्रहण गरेपश्चात् डा रेग्मीले सदस्यद्वय डा रोकाया र शाहीलाई शपथ खुवाउनुभएको थियो ।

शपथपछि योजना आयोगका उपाध्यक्ष रेग्मीले आफूहरु पञ्चवर्षीय योजना निर्माणमा लाग्ने बताउनुभयो । “अब तत्कालै कर्णाली प्रदेशको वर्तमान अवस्थामा बदल्ने र समृद्ध कर्णालीको सपना पूरा गर्ने मार्गचित्र तयार गर्छौं”, उहाँले भन्नुभयो ।

उपाध्यक्ष रेग्मीले चालू आवको बजेट कार्यान्वयनमा ध्यान दिएर आव २०७६÷०७७ को एकवर्षीय योजना निर्माणमासमेत आयोग लाग्ने विश्वास दिलाउनुभयो । उहाँका अनुसार पूँजीगत बजेट खर्च हुन संयन्त्रलाई क्रियाशील बनाउन आयोगको क्षेत्राधिकारभित्र रहेर अनुगमनको कामलाई पनि प्रभावकारी बनाइने छ । योजना आयोगका पदाधिकारीले आजै पदबहाली गर्नुभएको छ । उपाध्यक्ष रेग्मीले पदबहालीसँगै कर्णाली प्रदेशको विकास ढाँचा तयार गर्न कर्णाली प्रदेश पाश्र्वचित्र निर्माण गर्ने पहिलो निर्णय गर्नुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ८ : ५४ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै