२०८२, १६ मंसिर मंगलबार

निर्मलाका बुुवा यज्ञराज शिक्षण अस्पताल भर्ना

निर्मलाका बुुवा यज्ञराज शिक्षण अस्पताल भर्ना


काठमाडौं, ९ मंसिर : निर्मलाका बुवा यज्ञराज पन्तलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। मानसिक स्थिति असामान्य देखिएपछि शनिवार राति धनगढीबाट गाडीमा आएका पन्त परिवार आइतवार साँझ काठमाडौं आइपुगेका हुन्।

निर्मलाका बाबुआमासँगै उनका दुई काकासमेत काठमाडौं आएका छन्। यज्ञराजको स्वास्थ्यको जाँच गर्न एक स्वास्थ्यकर्मी पनि सगैं आएको दुर्गादेवीले बताइन्। निर्मलाका लागि न्याय माग्दै धर्नामा बसेका यज्ञराजले जथाभाबी गालीगलौज गर्ने, ढुंगाले हिर्काउने, अरूलाई जथाभाबी झम्टिने जस्ता क्रियाकलाप गर्न थालेपछि काठमाडौं उपचारको लागि ल्याइएको हो। बाटोमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रशासनले तीन जना सुरक्षाकर्मीसमेत पठाएको छ।

निर्मलाका आफन्त विगत दुई सातादेखि जिल्ला प्रशासन कार्यालयबाहिर २४ घण्टे अनसनमा थिए। अहिले पनि कञ्चनपुरमा धर्ना जारी छ। निर्मलाकी कान्छी आमा धर्ना बसिरहेको संर्घष समितिकी संयोजक मीना भण्डारीले जानकारी दिइन्।

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ७ : १३ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी