२०८२, २० फाल्गुन बिहीबार

सेवा गुणस्तरीय बनाउने प्रयासमा अध्यागमन

सेवा गुणस्तरीय बनाउने प्रयासमा अध्यागमन


काठमाडौँ, ९ मङ्सिर: अध्यागमन विभागले आफ्नो काम कारवाहीमा चुस्तता ल्याउने प्रयास थालेको छ । विभागका महानिर्देशक ईश्वर पौडेलका अनुसार विगतमा विभागको काम कारवाहीमा विभिन्न टीकाटिप्पणी उठ्ने गरेकाले त्यसलाई समाधान गर्दै उच्चस्तरको सेवा दिन काम कारवाहीमा सुधारको प्रयास थालिएको हो ।

सोही अभियानअन्तर्गत विभागका १०० भन्दा बढी कर्मचारीलाई सेवा गुणस्तरीय बनाउने उद्देश्यले आज तालीम प्रदान गरिएको महानिर्देशक पौडेलले जानकारी दिनुभयो । गुणस्तरीय सेवा र प्राविधिक विषयमा जानकारी दिन पौडेलसहित विभागका निर्देशक तथा विभिन्न क्षेत्रका इञ्जिनीयरले कर्मचारीलाई प्रशिक्षण दिएका छन् ।

देशको पहिचान दिलाउन विभागको भूमिका महत्वपूर्ण हुने र विदेशी आगन्तुक पाहुना पहिलो पटक विभागमा ठोक्किन आइपुग्ने हुँदा यहाँको काम कारवाहीलाई सुधार आवश्यक छ भन्ने निष्कर्षका साथ यो अभियान अगाडि बढाइएको हो । विभागलाई समयसापेक्ष बनाउने विश्वस्तरको सेवा दिन सरकारकोसमेत उच्च प्राथमिकता रहेको बताउँदै महानिर्देशक पौडेलले विभिन्न उच्च प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा दिइने छ भन्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ६ : २७ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको