२०८२, १७ मंसिर बुधबार

वित्तीय पहुँचमा ६० प्रतिशत नागरिक

वित्तीय पहुँचमा ६० प्रतिशत नागरिक


काठमाडौँ, ९ मङ्सिर: मुलुकका ६० प्रतिशत नागरिकले वित्तीय सुविधा प्राप्त गरेका छन् । वाणिज्य बैंक, विकास बैंक, लघुवित्त संस्था तथा तिनका देशभरका चार हजार ३२२ शाखाबाट वित्तीय सुविधा जनतालाई उपलब्ध गराइएको हो । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आज यहाँ आयोजना गरेको वित्तीय क्षेत्रको अववस्था’ विषयक अन्तक्र्रियामा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आधुनिक समाजमा वित्तीय क्षेत्रको महत्व बढ्दै गएको बताउनुभयो ।

आगामी दिनमा बाँकी रहेका ४० प्रतिशत नागरिकलाई पनि वित्तीय सञ्जालमा जोड्नुपर्ने उहाँले बताउनुभयो । नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले परिवर्तित संरचनाअनुसार ७५३ स्थानीय तहमा सरकारले वितरण गर्ने रकम अझै बैंकमा प्राप्त हुन नसकेका कारण प्रथम चौमासिकमा करीब रु ९० अर्बको निक्षेप कमी भएको बताउनुभयो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले अहिले देशमा लगानीका लागि कर्जाको माग बढ्दै गएको भए पनि आन्तरिक स्रोतले त्यसको व्यवस्थापन गर्न कठिन रहेको बताउनुभयो । सङ्घका अध्यक्ष पदमराज रेग्मीले मुलुकमा वित्तीय क्षेत्रलाई बलियो बनाउन निक्षेप सङ्कलन र ऋण प्रवाहमा कायम गरिने व्याजदर सन्तुलित हुनुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ६ : २२ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी