२०८२, २ माघ शुक्रबार

भिरबाट खसेर महिलाको मृत्यु

भिरबाट खसेर महिलाको मृत्यु


बाजुरा, ९ मङ्सिर: जिल्लाको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ बाउली बस्ने पेमाग्याल्बो गुरुङकी श्रीमती ४५ वर्षीया दाबासाङ्मु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।

गुरुङ मार्तडीको गैरीबजारमा रहेकोे बलवीर गुरुङको घरमा पूजा सकेर शनिबार साँझ फर्किने क्रममा जिल्ला अस्पतालको डिलबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । मृतक गुरुङको शव साँफेमार्तडीको पिच सडकमा आज बिहान ४ः४५ बजेतिर स्थानीयवासीले फेला पारेको बताइएको छ । मृतकको शवपरीक्षणका लागि अहिले जिल्ला अस्पताल बाजुरामा राखिएको प्रहरी प्रमुख भाटले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ८ : २२ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा