२०८२, २९ भाद्र आईतबार

जग्गा कित्ताकाट: दलालदेखि हाकिमसम्मलाई घुस

जग्गा कित्ताकाट: दलालदेखि हाकिमसम्मलाई घुस


काठमाठौं, मंसिर ९ : सरकारले एउटा जग्ग बर्षमा एकपटकभन्दा बढी कित्ताकाट खण्डीकरण गर्न नपाईने भनेर रोक लगाए पनि दलाल, मालपोत र नापी कार्यलयका हाकिम तथ भुमि व्यवस्था मन्त्रालयका कर्मचारीले घुस खाएर सरकारी निर्णय उल्लंघन गर्दै आएका छन् ।

सरकारले गत बर्ष एउटा जग्गा एक बर्षमा एकपटक भन्दा बढी कित्ताकाट गर्न नपाइने निर्णय गरेको थियो । यो निर्णयबाट केही व्यवहारिक समस्या आएको गुनासो आएपछि भुमिम व्यवस्था मन्त्रालयको अंशबण्डा गर्नुपरेमा र अदालतको आदेशबाट भने एक आर्थिक बर्षमा एकपटकभन्दा बढी कित्ताकाट गर्न सकिने परिपत्र नापी र मालपोत कार्यालयहरुलाई पठाएको थियो ।

सोही परिपत्रमा टेकेर जग्गा दलाल र कर्मचारीहरुले सेवाग्राहीसँग घुस लिएर जग्गा कित्ताबाट गर्दै आएको राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।काठमाडौं उपत्यकामा एउटा जग्गा एकपटक कित्ताकाट गर्दा दलालहरुले ५० हजारदेखि एक लाख रुपैयाँसम्म घुस लिन्छन् । यो घुस रकम दलालमार्फत कार्यालयका हाकिम र मन्त्रालयका कर्मचारीहरुसम्म पुग्छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ७ : ४० बजे

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान