२०८२, १ माघ बिहीबार

कपिलवस्तुमा नेता चौधरीलाइ गोली हानी हत्या

कपिलवस्तुमा नेता चौधरीलाइ गोली हानी हत्या


तौलिहवा, ८ मङ्सिर: कपिलवस्तुमा एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका –४, मोतिघारीमा स्थानीय दिपेन्द्रकुमार चौधरीको गोली हानी हत्या गरिएको हो ।

नजिकै घर भएका अर्का व्यक्तिसँग विवाद हुँदा शुक्रबार राति १० बजेतिर चौधरीमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीका अनुसार टाउकोमा गोली लागेका उनको घटनास्थलमै ज्यान थियो ।

जिल्लामा राजाबाबु भनिने चिनिने चौधरी गतसालको स्थानीय तह निर्वाचनमा सुद्धोधन गाउँपालिकाको प्रमुखमा उठेका थिए । यस्तै उनी स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सांसदमा उठेका थिए । तत्कालीन फोरम लोकतान्त्रिकका नेतासमेत रहेका चौधरी पछिल्लो समय विजय गच्छदार कांग्रेसमा प्रवेश गरेपछि स्वतन्त्र रहँदै आएका थिए । मृतक चौधरीको शव हाल मेडिकल कलेज भैरहवामा राखिएको छ । हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ८ : ०२ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा