२०८२, २० फाल्गुन बिहीबार

सप्तरीमा बस दुर्घटना: पाँचको मृत्यु, तीन दर्जन यात्रु घाइते

सप्तरीमा बस दुर्घटना: पाँचको मृत्यु, तीन दर्जन यात्रु घाइते


राजविराज, ८ मङ्सिर: भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११ बस्ने अन्दाजी ५७ वर्षीया बेचनीदेवी यादव, ६५ वर्षीया मखनीदेवी यादव, ७० वर्षीया सिकिलदेवी साह, दिनेश रजक र पहिचान हुन नसकेको सोही ठाउँको एक महिला रहको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

सो दुर्घटनामा परी तीन दर्जन यात्रु घाइते भएका र घाइतेमध्ये चारजनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिँदै उहाँले गम्भीर घाइते आधा दर्जन यात्रुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको र अन्य घाइतेको राजविराजस्थित गजेन्द्र नारयाणसिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेकोे बताउनुभयो । सुनसरीको चतरास्थित बराहक्षेत्रबाट फर्केको करीब ६० यात्रु बोकेको को १ ख २७९९ नम्बरको सो बस इनर्वास्थित सडक छेउको पोखरीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनाको कारण भने अझै खुलेको छैन ।
–रासस

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ७ : ५२ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको