२०८२, १ माघ बिहीबार

काभ्रेमा गाडी दुर्घटना हुँदा अठार घाइते

काभ्रेमा गाडी दुर्घटना हुँदा अठार घाइते


बनेपा, ७ मङ्सिर : काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बनेपाबाट नमोबुद्धतर्फ जाँदै गरेको बा१ख ९३९४ नंको मेहन्द्रा निशान अनियन्त्रित भई धुलिखेल नगरपालिका–९ पीपलबोटमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

नमोबुद्ध दर्शनका लागि जाँदै गरेको गाडी अनियन्त्रित भई पल्टिदा घाइते मध्ये १० जना उपचारपश्चात् घर फर्किसकेका र बाँकी सातको धुलिखेलस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात् फरार गाडी चालकको खोजी भइरहेको र गाडी प्रहरी नियन्त्रणमा रहेको छ । यसैबीच आज दिउँसो धुलिखेल नगरपालिका–४, स्थित मिरावेल चोकमा बनेपातर्फ गइरहेको बा९१प ३९२५ नंको स्कुटीलाई सोही दिशातर्फ गइरहेको बा८९प ८५६७ नंको स्कुटीले ठक्कर दिँदा बा९१ प ३९२५ नं को स्कुटीमा सवार भक्तपुर, सूर्यविनायक नगरपालिका–७ बस्ने २६ वर्षीया सम्झना कोर्जु घाइते भएको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ८ : ५८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा