२०८२, १७ कार्तिक आईतबार

औद्योगिक विकासबाट मात्र राष्ट्र समृद्ध हुन्छः मन्त्री पण्डित

औद्योगिक विकासबाट मात्र राष्ट्र समृद्ध हुन्छः मन्त्री पण्डित


विराटनगर, ७ मङ्सिर : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले औद्योगिक विकासबाट नै मुलुक समृद्ध हुने बताउनुभएको छ उद्योग सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित “औद्योगिक तथा व्यावसायिक प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका र स्थानीय आर्थिक ऐनले पारेको प्रभाव” विषयक छलफलमा उहाँले भन्नुभयो, “वैदेशिक रोजगारबाट आर्जन हुने रेमिट्यान्सबाट दिगो आर्थिक विकास कायम हुन नसक्ने भएकाले मुलुकमा औद्योगिक विकास वा क्रान्ति अहिलेको आवश्यकता हो ।”

मन्त्री पण्डितले दक्ष युवा जनशक्तिलाई स्वदेशमा रोजगारी उपलब्ध भएमा मात्र मुलुक समृद्ध हुन्छ भन्दै सहजरुपमा उद्योग स्थापनाका लागि सङ्घीय सरकारले मुलुकका आठ स्थानमा ठूलो औद्योगिक क्षेत्र स्थापना गर्न लागेको जानकारी दिनुभयो । यस्ता क्षेत्रमा स्थापित उद्योगबाट रोजगारी उपलब्ध हुनुका साथै वैदेशिक व्यापार घाटा न्यूनीकरणमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले जनताबाट उठाएको रकम राजश्वका रुपमा सरकारलाई बुझाउन पनि उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राजश्व बाँडफाँट र प्राकृतिक स्रोत साधनको दिगो उपयोग अहिले वित्तीय सङ्घीयताको समस्याका रुपमा देखिएको उल्लेख गर्दै यसको समाधानका लागि सङ्घीय सरकारले वित्तीय आयोग गठन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अवैज्ञानिक करको परिमार्जन हुनुपर्ने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ७ : ५४ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या