२०८३, ३ आश्विन आईतबार

सम्पदा संरक्षणमा भक्तपुरको भूमिका प्रशंसनीय : मन्त्री अधिकारी

सम्पदा संरक्षणमा भक्तपुरको भूमिका प्रशंसनीय : मन्त्री अधिकारी


भक्तपुर, ७ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सम्पदा संरक्षणमा भक्तपुरले गरेको कार्य प्रशंसनीय रहेको बताउनुभएको छ । भक्तपुरमा आज पुरातत्व विभागले ४० महीना लगाएर पुनःनिर्माण गरेको सिद्धिलक्ष्मी मन्दिर भक्तपुर नगरपालिकालाई हस्तान्तरण गर्दै मन्त्री अधिकारीले भूकम्पले क्षति पु¥याएका भक्तपुरका ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदाहरुको पुनःनिर्माण छिटो सम्पन्न गर्न सरकारले तत्परता देखाइरहेको बताउनुभयो ।

पुरातत्व विभागले भूकम्पले क्षतिग्रस्त बनाएको मन्दिरको पुनर्निर्माण सम्पन्न गरेपछि आज मन्त्री अधिकारीले मन्दिरको साँचो भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई साँचो हस्तान्तरण गर्नुभयो । पुनःनिर्माण सम्पन्नपछि मन्दिरमा सिद्धिलक्ष्मी देवीको मूर्ति प्रतिष्ठान गरेर आजै क्षमापूजासमेत गरिएको छ । त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा पुनःनिर्माणको काम निर्माण व्यवसायीलाई ठेक्कामा लगाउँदा बिगारेको उदाहरण दिँदै उहाँले निर्माण व्यवसायीले कमसल खालका सामग्री प्रयोग गर्दा सम्पदाको मौलिकता हराउने भएकाले ठेक्कामा लाउन नहुने बताउनुभयो । उहाँले भूकम्पले भक्तपुरका १३० वटा सम्पदामा क्षति पु¥याएकामा भक्तपुर नगरपालिकाले २७ वटा सम्पदाको पुनःनिर्माण र संरक्षण गरेको बताउनुभयो ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले विभागबाट भूकम्पपछि भक्तपुरका ठूलासाना गरी १४ वटा सम्पदाको संरक्षण र पुनःनिर्माण सम्पन्न गरेको बताउनुभयो । उहाँले फसी देगः, तवः सत्तल र राष्ट्रिय कला सङ्ग्रहालयको पुनःनिर्माण सम्पन्न भएपछि भक्तपुर दरबार क्षेत्र भूकम्पपछि पूर्ण रुपमा ठडिने बताउनुभयो ।

कार्यक्रममा स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख मोहनसिंह लामाले क्रमागत योजनाबाहेक चालू आवमा १७ वटा नयाँ सम्पदाको संरक्षण तथा पुनःनिर्माण हुने बताउनुभयो । सिद्धिलक्ष्मी मन्दिर रु एक करोड १७ लाख १३ हजार ५४३ को लागतमा पुनःनिर्माण सम्पन्न भएको कार्यालयका प्रमुख इञ्जिनियर मोहनकृष्ण श्रेष्ठले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ७ : ११ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै