२०८२, १ माघ बिहीबार

लैङ्गिक हिंसाविरुद्धको सोह्र दिने अभयिानको तयारी पूरा

लैङ्गिक हिंसाविरुद्धको सोह्र दिने अभयिानको तयारी पूरा


काठमाडौँ, ७ मङ्सिर: लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय महिला आयोगले आज यहाँ पत्रकार सम्मेलन गरी यही मङ्सिर ९ देखि २५ गतेसम्म हुने अभियानबारे जानकारी गराउँदै सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अभियानलाई सातैवटा प्रदेशमा विभिन्न कार्यक्रम सञ्चालन गरी प्रभावकारीरुपमा मनाउने तयारी भएको बताउनुभयो ।

अभियानलाई अभियानको रुपमा मात्रैभन्दा पनि वास्तवमै महिला हिंसा अन्त्य गर्नका लागि पहल गरिने उहाँको भनाइ छ । अभियान अवधिभरि पदयात्रा, अन्तत्र्रिmया, गोष्ठी, सार्वजनिक सुनुवाइ र सञ्चारमाध्यममा चेतनामूलक कार्यक्रम प्रसारण÷प्रकाशनलगायतका विभिन्न कार्यक्रम गरिने छ । अभियान अवधिको दुई दिनसम्म सातै प्रदेशका, प्रदेशसभा सांसद, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सामाजिक विकास मन्त्रालयका मन्त्री, सचिव र सरोकारवाला निकायसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिनेछ ।

लैङ्गिकताको आधारमा हुने सबै प्रकारका हिंसा र अपराधलाई अन्त्य गर्दै महिला तथा पुरुषबीच रहेको असमानता हटाई बालिका, किशोर, वयस्क र वृद्धा महिलालगायत सबै लिङ्गका मानिसलाई बिना भेद्भाव सम्मानित जीवनयापन गर्न सक्षम तुल्याउने उद्देश्यले सो अभियान आयोजना गरिएको हो । सन् १९९१ देखि शुरु भएको लैङ्गिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिकदेखि शुरु भई डिसेम्बर १० तारिकका दिन सम्पन्न हुने गरेको छ । यस वर्षको अभियानको नारा ‘लैङ्गिक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने रहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ७ : ०४ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा