२०८३, १२ आश्विन मंगलबार

जाडोमा चिया राम्रो कि कफी ? जान्नुहोस्

जाडोमा चिया राम्रो कि कफी ? जान्नुहोस्


चिया र कफी नपिउने मानिस सायदै होलान्। घरमा पाहुना आउँदा होस् या साथीसंगी भेटघाट हुँदा चिया–कफीको अफर चलिहाल्छ। हाम्रो दैनिक जीवनमा चिया र कफी अनिवार्य भइसकेको छ। यो सँगै चिया र कफीको फाइदा–बेफाइदाका कुरा पनि चलिरहन्छन्। चिया र कफीका गुण–दोषबारे विभिन्न अध्ययन–अनुसन्धानहरु भएका छन्।

विश्व स्वास्थ्य संगठनको क्यान्सरका लागि अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय निकाय रिर्सच अन क्यान्सरले हालैको अध्ययनमा कफीमा क्यान्सरजन्य तत्व हुने गरेको जनाएको छ। कुनै अध्ययनले भने कफी खाँदा कोलन क्यान्सरबाट बचाउने देखाएका छन्। नियमित कफी पिउँदा अल्जाइमर र पार्किन्सन रोगबाट जोगिन सकिने केही अध्ययनको नतिजा छ ।

उता नियमित चिया खाँदा छाला, स्तन र प्रोटेस्ट क्यान्सरको सम्भावना न्यून हुने केही अध्ययनले देखाएका छन् । चियामा पनि ग्रिन टी स्वास्थ्यका लागि अझै प्रभावकारी मानिन्छ। किनकि यसमा एन्टिअक्सिडियन्ट तत्व हुन्छ। ग्रिन टीले शरीरको कोष हानी हुनबाट जोगाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने अध्ययनहरुले देखाएका छन् । त्यस्तै ग्रिन टिले रक्तचाप र कोलेस्ट्रोल घटाउँछ। चियाले दिमागको कोषलाई हानी हुनबाट जोगाएर अल्जाइमर रोगबाट पनि बचाउने अध्ययनहरुले देखाएका छन्।स्वास्थ पत्रिकामा खबर छ ।

के पिउनु राम्रो चिया वा कफीमध्ये यही नै उपयुक्त हुन्छ भन्न कठिन हुने विज्ञहरु बताउँछन्। चिया र कफीमा पाइने तत्व, शरीरमा तिनको भूमिका र तिनीहरुले हाम्रो शरीरमा पार्ने प्रभावबारे छुट्याउन सकिँदैन। ‘मलाई लाग्छ मानिसहरुले कफी र चिया दुवैलाई मन पराउँछन् किनकि यी दुवै एकआपसमा परिपूरक बनेका छन,’ नेसनल इन्स्टिच्युट अफ हेल्थका चिकित्सक इलिओट मिलर भन्छन्।

मिलर र उनका सहयोगीले अमेरिकाका विभिन्न पृष्ठभूमिका ६८ हजार मानिसको मुटुरोगका लक्षणबारे अध्ययन गरेका थिए। झन्डै ७५ प्रतिशतले कफी पिएका थिए भने ४० प्रतिशतले चिया पिएको जनाएका थिए। नियमित रुपमा एक कपभन्दा बढी चिया पिउँदा रक्तनलीमा क्याल्सियम बन्ने सम्भावना न्यून भई मुटुरोगको खतरामा कमी हुने अनुसन्धानकर्ताहरुले भेटेका थिए।

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ६ : ३८ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय