२०८२, २५ माघ आईतबार

सकिमना पुन्ही मनाउँदै नेवार समुदाय

सकिमना पुन्ही मनाउँदै नेवार समुदाय


भादगाउँ, ७ मङ्सिर : नेवार समुदायले आज सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) धुमधामले मनाउँदैछन् । नेवार समुदायमा विशेषगरी आजको दिन सकी अर्थात् पिँडालु उसिनेर खाने प्रचलन छ । कार्तिक शुक्ल पूर्णिमाको अवसर पारेर नेवार समुदायले ऋतुअनुसारको कृषि उत्पादन इष्ट देवलाई चढाएर मात्र खाने प्रचलन छ । इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार पिँडालु, सख्खरखण्डलगायतका कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने प्रचलन नेवार समुदायमा रहेको छ । यसले शरीरमा ताकत उत्पन्न हुने र शरीर स्वस्थ हुने जनविश्वास रहेको छ ।

यसै अवसरमा आज भक्तपुरको यातु महादेव, आशापुरेश्वर (आशापुरी) महादेव, डोलेश्वर महादेव, सुवर्णेश्वर महादेव मन्दिरलगायत चाँगुनारायण, वाखुपति र तीलमाधव नारायण मन्दिरमा विशेष मेला लागेको छ । सकिमाना पुन्हीका दिन महादेवको पूजा आराधना र दर्शन गरी व्रत बस्नाले पुण्य प्राप्त हुनुका साथै राम्रो वर पाउने धार्मिक विश्वास छ ।

एक महीने दाफा भजनकीर्तन आजै सम्पन्न गर्ने प्रचलन पनि नेवार समुदायमा छ । कोजाग्रत पूर्णिमाको दिनदेखि नेवार समुदायले आआफ्नो टोलमा रहेको गणेश, महादेवलगायतका देवीदेवताको मन्दिरमा प्रत्येक साँझ भजनकीर्तन गाउन शुरु गर्दछन् । सो भजनकीर्तन आज समापन गर्छ ।सो भजन मण्डलीले मन्दिर अगाडि उसिनेको सखरखण्ड, पिँडालु तथा भुटेका मकै, भटमास र गहँुलगायतका गेँडागुडीले विभिन्न देवीदेवता तथा मन्दिरको कलात्मक आकृति बनाउने गर्दछ । अन्तमा त्यसैलाई प्रसादका रुपमा ग्रहण गर्ने गर्छ ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ६ : १० बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय