२०८३, ३ आश्विन आईतबार

उत्साह जगाउने गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

उत्साह जगाउने गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन


विराटनगर, ६ मंसीर प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतामा उत्साह जगाउने गरी काम गर्न प्रदेश मातहतका मन्त्री र सचिवलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको मन्त्रालयअन्तर्गत प्रगति समीक्षा कार्यक्रममा उहाँले जनतामा निराशा छाउँदै गएको र सरकारले परिणाम देखाउने गरी काम गर्न नसकेको जस्ता विषय प्रचारमा आउन थालेकाले जनताको आशालाई जीवित पार्न मन्त्री र कर्मचारीले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ भन्नुभयो ।

प्रदेश सरकारको बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने सम्पूर्ण संयन्त्र आगामी १५ दिनभित्र तयार गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, “आगामी १५ दिनभित्र आवश्यक पर्ने सबै संयन्त्रहरु तयार गरेर अगाडि बढ्नुहोस् ।” मन्त्री राईले समय खेर नफालि कर्मचारी, कार्यालय, कार्यविधि, निर्देशिका सबै तयार पारेर बजेट कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ११ : ०५ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै