२०८२, १४ माघ बुधबार

इज्जतिलो शिक्षा दिनुपर्छ : मन्त्री ढुङ्गेल

इज्जतिलो शिक्षा दिनुपर्छ : मन्त्री ढुङ्गेल


काभ्रेपलाञ्चोक, ६ मङ्सिर : प्रदेश नं ३ का योजना तथा आर्थिक मामिलामन्त्री कैलाश ढुङ्गेलले विद्यार्थीलाई आफ्नै देशमा काम गर्न सक्ने सीपमूलक शिक्षा दिनुपर्ने आवश्यकता औल्याउनुभएको छ । पनौती नगरपालिका–८ कपालकोटस्थित तेजगङ्गा बहुमुखी क्याम्पसको १८ औँ वार्षिकोत्सव समारोहमा उहाँले भन्नुभयो, “उत्पादित शैक्षिक जनशक्तिले नेपालमै स्वाभिामानीपूवर्क काम गर्ने इज्जतिलो शिक्षा दिनुहोस् ।”

मन्त्री ढुङ्गेलले सीपमूलक शिक्षा पाएको शैक्षिक जनशक्तिले गर्वका साथ इज्जतिलो भई काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिदैं सीपमूलक स्वावलम्बन बन्ने शिक्षा प्रदान गर्दा युवायुवतीको विदेश पलायन न्यूनीकरण हुँदै जाने बताउनुभयो ।

इञ्जिनियरिङ, कृषि तथा पशुपालनसम्बन्धी शिक्षा दिने शैक्षिक संस्थालाई प्रदेश सरकारले सहयोग गर्छ, उहाँले भन्नुभयो, “तपाईंहरु स्वरोजगारमूलक शिक्षा प्रदान गर्नुस्, सामुदायिक शैक्षिक संस्था र उद्यम गर्ने जनशक्तिलाई सहयोग गर्न प्रदेश सरकार तयार छ ।”

प्रदेशसभा सदस्य चन्द्र लामा र गोमा भूर्तेलले सीपमूलक ज्ञान प्रदान गर्ने सामुदायिक क्याम्पसलाई सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो । क्याम्पस प्रमुख डा अम्बुभवानी कार्कीले मुलुकको विकास र समृद्धिका लागि सीपमूलक र व्यवहारिक शिक्षा आजको आवश्यकता हो भन्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ५ : ५४ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै