२०८३, २४ आश्विन आईतबार

इज्जतिलो शिक्षा दिनुपर्छ : मन्त्री ढुङ्गेल

इज्जतिलो शिक्षा दिनुपर्छ : मन्त्री ढुङ्गेल


काभ्रेपलाञ्चोक, ६ मङ्सिर : प्रदेश नं ३ का योजना तथा आर्थिक मामिलामन्त्री कैलाश ढुङ्गेलले विद्यार्थीलाई आफ्नै देशमा काम गर्न सक्ने सीपमूलक शिक्षा दिनुपर्ने आवश्यकता औल्याउनुभएको छ । पनौती नगरपालिका–८ कपालकोटस्थित तेजगङ्गा बहुमुखी क्याम्पसको १८ औँ वार्षिकोत्सव समारोहमा उहाँले भन्नुभयो, “उत्पादित शैक्षिक जनशक्तिले नेपालमै स्वाभिामानीपूवर्क काम गर्ने इज्जतिलो शिक्षा दिनुहोस् ।”

मन्त्री ढुङ्गेलले सीपमूलक शिक्षा पाएको शैक्षिक जनशक्तिले गर्वका साथ इज्जतिलो भई काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिदैं सीपमूलक स्वावलम्बन बन्ने शिक्षा प्रदान गर्दा युवायुवतीको विदेश पलायन न्यूनीकरण हुँदै जाने बताउनुभयो ।

इञ्जिनियरिङ, कृषि तथा पशुपालनसम्बन्धी शिक्षा दिने शैक्षिक संस्थालाई प्रदेश सरकारले सहयोग गर्छ, उहाँले भन्नुभयो, “तपाईंहरु स्वरोजगारमूलक शिक्षा प्रदान गर्नुस्, सामुदायिक शैक्षिक संस्था र उद्यम गर्ने जनशक्तिलाई सहयोग गर्न प्रदेश सरकार तयार छ ।”

प्रदेशसभा सदस्य चन्द्र लामा र गोमा भूर्तेलले सीपमूलक ज्ञान प्रदान गर्ने सामुदायिक क्याम्पसलाई सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो । क्याम्पस प्रमुख डा अम्बुभवानी कार्कीले मुलुकको विकास र समृद्धिका लागि सीपमूलक र व्यवहारिक शिक्षा आजको आवश्यकता हो भन्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ५ : ५४ बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको राजन भट्टराईको आरोप, प्रतिवादमा उत्रिन प्रवासी नेपाली मञ्चलाई आग्रह

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५