२०८२, १३ माघ मंगलबार

सबै मन्त्रालय रित्तै, मुख्यमन्त्रीसहित सबै मन्त्री भ्रमणमा

सबै मन्त्रालय रित्तै, मुख्यमन्त्रीसहित सबै मन्त्री भ्रमणमा


मंसिर ६ पोखरा : गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ। चाडपर्वका वेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बैठक नबसेका उदाहरण कमै छन् ।

अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, साप्ताहिक बैठकको परम्पराले यो बुधबार निरन्तरता पाएन। कारण मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित अधिकांश मन्त्री पोखराबाहिर रहे। मुख्यमन्त्री गुरुङ बुधबार गोरखाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हरि अधिकारीको छोरीको बिहेमा पुगे। उनीसँगै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, भूमि व्यवस्थ, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर पनि चितवन गए।

चितवनबाट मुख्यमन्त्रीसहित तीन मन्त्री गण्डकी गाउँपालिकामा आयोजित मुन्थला महोत्सव र होमस्टे उद्घाटनका लागि गोरखा पुगे। अर्थमन्त्री किरण गृहजिल्ला तनहुँको देवघाट पसेर साँझ पोखरा फर्किने क्रममा थिए। आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान एकैछिन कार्यालय पसेर बाहिर निस्किए।

सामाजिक विकासमन्त्री नरदेवी पुन पोखराकै एक कार्यक्रममा व्यस्त रहेको मन्त्रालयका एक कर्मचारीले बताए। यउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल थाइल्याण्ड भ्रमणमा छन्।

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ७ : ४२ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै