२०८३, ३ आश्विन आईतबार

सबै मन्त्रालय रित्तै, मुख्यमन्त्रीसहित सबै मन्त्री भ्रमणमा

सबै मन्त्रालय रित्तै, मुख्यमन्त्रीसहित सबै मन्त्री भ्रमणमा


मंसिर ६ पोखरा : गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ। चाडपर्वका वेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बैठक नबसेका उदाहरण कमै छन् ।

अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, साप्ताहिक बैठकको परम्पराले यो बुधबार निरन्तरता पाएन। कारण मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित अधिकांश मन्त्री पोखराबाहिर रहे। मुख्यमन्त्री गुरुङ बुधबार गोरखाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हरि अधिकारीको छोरीको बिहेमा पुगे। उनीसँगै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, भूमि व्यवस्थ, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर पनि चितवन गए।

चितवनबाट मुख्यमन्त्रीसहित तीन मन्त्री गण्डकी गाउँपालिकामा आयोजित मुन्थला महोत्सव र होमस्टे उद्घाटनका लागि गोरखा पुगे। अर्थमन्त्री किरण गृहजिल्ला तनहुँको देवघाट पसेर साँझ पोखरा फर्किने क्रममा थिए। आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान एकैछिन कार्यालय पसेर बाहिर निस्किए।

सामाजिक विकासमन्त्री नरदेवी पुन पोखराकै एक कार्यक्रममा व्यस्त रहेको मन्त्रालयका एक कर्मचारीले बताए। यउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल थाइल्याण्ड भ्रमणमा छन्।

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ७ : ४२ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै