२०८२, २४ भाद्र मंगलबार

वरिष्ठ नेता माधाव नेपाल भन्छन् ‘प्रधानमन्त्री र अध्यक्षले जे गरे पनि हुने ?’

वरिष्ठ नेता माधाव नेपाल भन्छन् ‘प्रधानमन्त्री र अध्यक्षले जे गरे पनि हुने ?’


मंसिर ६ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २१ केन्द्रीय सदस्यले आफ्नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर गम्भीर प्रश्न तेर्स्याएका छन् ।

उनीहरूको प्रश्न छ,‘प्रधानमन्त्री वा पार्टी अध्यक्षले जे गरे पनि मान्य हुनेरु ‘नेपाल समाचारपत्र दैनिक’ लेख्छ, पूर्वएमाले र माओवादी पार्टीबीच एकता भएको सात महिना बितिसक्दा समेत नेतृत्वले सही गति लिन नसकेको आरोप लगाई उनीहरूले पार्टीको शीर्ष नेतृत्वलाई बुधबार ज्ञापन बुझाउँदै यस्तो असन्तुष्टि पोखेका हुन् ।

‘प्रधानमन्त्रीले वा पार्टी अध्यक्षले जे गरे पनि मान्य हुने, पार्टीको केन्द्रीय कमिटी, स्थायी समिति कतैबाट पनि निर्णय नै गर्नु नपर्ने स्वेच्छाचारी प्रणालीको विकास गर्ने कि कमिटीगत निर्णय गरेर हामीले अभ्यास गर्दै आएको जनवादलाई सम्मृद्ध गर्ने ?’, ज्ञापनपत्रमा भनिएको छ, ‘संसदीय दलमा पनि लोकतान्त्रिक अभ्यास छैन ।

संसदीय दलको हरेक बैठक केही नेताको भाषण सुनाएर समापन गर्ने गरिएको छ । कुनै छलफल, समीक्षा वा आलोचना नै हुन नदिएपछि कसरी गल्ती–कमजोरी पत्ता लाग्छन्रु कसरी सुधार हुन्छरु’ पार्टी महासचिव विष्णु पौडेलमार्फत प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापनपत्रमा एकीकरण, सरकारसँगको सम्बन्ध, केन्द्रीय समितिको बैठक, प्रधानमन्त्रीको कार्यशैलीलगायतका विषय केन्द्रित गरेर ज्ञापनपत्र बुझाइएको केन्द्रीय सदस्य ठाकुर गैरेले पुष्टि गरे।

नेपाल समूहका २१ सदस्यको लिखित ठहर, नेकपा र सरकार दुवै अलोकप्रियु शीर्षकमा नयाँ पत्रिका दैनिकले पनि समाचार छापेको छ। नेकपा वरिष्ठ नेता माधवकुमार नेपालपक्षधर २१ केन्द्रीय सदस्यले सरकारको कमजोर उपस्थितिले सरकार र पार्टी दुवैको लोकप्रियतामा ह्रास आएको आरोप लगाएका छन्।

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ७ : १० बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा