२०८२, १६ असार सोमबार

काठमाडौँदेखि लुम्बिनीसम्म ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’

काठमाडौँदेखि लुम्बिनीसम्म ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’


काठमाडौँ ५ मङ्सिर : अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई स्वदेशमा आकर्षित गरी कला र पर्यटनको अभिवृद्धि गर्ने उद्देश्यले यही मङ्सिर १७ देखि २३ गतेसम्म ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ काठमाडौँदेखि लुम्बिनीसम्म गरिने भएको छ ।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले आयोजना गर्ने महोत्सवमा १० मुलुकका ३५ कलाकारको सहभागिता रहनेछ । महोत्सवको पहिलो दिन नेपाल कला परिषद्मा उद्घाटन गरी औपचारिकता दिइनेछ भने १८ देखि २३ गतेसम्म लुम्बिनीमा कार्यशाला गरिनेछ ।

समाजका अध्यक्ष एनबी गुरुङले पछिल्लो समय विकास भएका विभिन्न प्रविधि तथा कला कौशलको यस क्षेत्रमा भइरहेको प्रयोगलाई अन्तर्राष्ट्रिय तहका कलाकारबाट अनुभव आदान प्रदान गर्न महोत्सवले सहयोग गर्ने जानकारी दिनुभयो । महोत्सवमा सहभागी हुने मुलुकका सम्बन्धित कलाकारले आ–आफ्नो देशमा नेपालका पर्यटकीयस्थल, सौन्दर्यस्थल, मनोरम दृश्यबारे जानकारी गराउन काठमाडौँदेखि लुम्बिनीसम्म महोत्सव गर्न लागिएको र यसले भ्रमण वर्षबारे प्रचार–प्रसार गरी पर्यटक अभिवृद्धि गर्ने उहाँले बताउनुभयो ।

नेपाल सांस्कृति संस्थान, नेपाल पर्यटन बोर्डलगायत संस्थाको समन्वयमा हुने उक्त महोत्सव करीब रु २५ लाखको लागतमा सम्पन्न गरिने आयोजकले जनाएको छ । महोत्सवले पर्यटनको विकास र यस क्षेत्रमा हुने सकारात्मक परिवर्तनमा भूमिका निर्वाह गरिने विश्वास राखिएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ९ : २६ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको