२०८२, १२ पुस शनिबार

कराते टोली इण्डोनेशिया प्रस्थान

कराते टोली इण्डोनेशिया प्रस्थान


काठमाडौँ, ४ मङ्सिर : छैटौँ एशियाली गोजुरिया कराते च्याम्पियनसिपमा सहभागी हुन १८ खेलाडीसहित ३६ सदस्यीय नेपाली टोली आज इण्डोनेशियाको जकार्ता प्रस्थान गरेको छ । यही मङ्सिर ५ देखि ९ गतेसम्म हुने प्रतियोगितामा पासाङ रिन्जिन लामा, रामकुमार गिरी, चिरायु रिजाल, फुर्साङ वाइबा, बिमल थापा, सुजनकुमार पुरी, सञ्जु नगरकोटी, अमित थापा, अर्जुनकुमार गहतराज विक, सरु मानन्धर, विमलकुमार राई, करिना पुरी, कमल लामा वाइवा, प्रमिशकुमार सिंह, नवीन काउछा, गोर्खाराज लामा, विधान अधिकारी र दिलीप पुनले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

टोली नेतामा बलराम मित्र, अफिसियलमा चन्द्रप्रकाश घर्ती, ढाकाराम लामिछाने, राजेशबहादुर श्रेष्ठ र मुक्तिनाथ गुरुङ, व्यवस्थापकमा सुवास इटनी, सहायक व्यवस्थापकमा राजु अधिकारी र प्रशिक्षकमा विजय अधिकारी रहेका छन् । यस्तै टोलीमा विसनसिंह खड्का, सानुबाबु गिरी, प्रकाशकुमार चन्द, दीपक लामा, सानुकाजी नगरकोटी, रामकुमार श्रेष्ठ, वीरेन्द्रबहादुर शाही, डम्बरबहादुर शाही, पुष्पकुमार क्षेत्री र सन्दीप थापा छन् । विसनसिंहले प्रतियोगितामा भेट्रान एकल कातातर्फ पनि प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्ट र सदस्य उपेन्द्र पौडेलले आजै बिदाइ गर्नुभएको थियो । -रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ९ : ०३ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको