२०८३, १८ भाद्र शुक्रबार

प्रथम प्रकाश स्मृति कप : एपिएफ र दीपशिखा नैकाप सेमिफाइनलमा

प्रथम प्रकाश स्मृति कप : एपिएफ र दीपशिखा नैकाप सेमिफाइनलमा


चरिकोट, ४ मङ्सिर: दोलखामा जारी प्रथम प्रकाश स्मृति कप खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत आज भएका खेलबाट एपिएफ नेपाल र दीपशिखा नैकाप सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एपिएफ र चितवन जिल्ला फुटबल सङ्घबीच पहिलो खेलमा २–१ गोल अन्तरले जीत हात पार्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफका विश्वराम खत्री र सुजन चौधरीले सम्मान एक–एक गोल गरेका थिए । गोल गर्ने धेरै अवसर प्राप्त गरे पनि चितवनले वललार्ई गोलमा परिणत गर्न सकेन अन्तमा सुरेश कुमालले एक गोल फर्काएका थिए ।

दीपशिखा नैकाप र श्री कुमारी क्लबबीच आजै भएको दोस्रो खेलमा ५–० गोलको फराकिलो अन्तरले दीपशिखाले जीत हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । दीपशिखाले आइभेरी कोस्टका चार खेलाडी मैदानमा उतारेर खेलाइरहेको छ । राष्ट्रियस्तरमा राम्रो खेल्ने श्री कुमारी क्लबले खेल उत्कृष्ट प्रदर्शन गरे पनि सेमिफाइनलको खेलमा जाने सपना दीपशिखाले रोकिदिएको छ । बुधबार क्वार्टरफाइनलको अन्तिम खेल प्लानिङ ब्वाइज र काभ्रे जिल्ला फुटबल सङ्घबीच हुनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ८ : ५८ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण