२०८२, २२ चैत्र सोमबार

सन्दीपले पाकिस्तानी सुपर लिग खेल्ने

सन्दीपले पाकिस्तानी सुपर लिग खेल्ने


काठमाडौँ, ४ कात्ति : नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । आज भएको खेलाडी छनोट (अक्सन)मा सन्दीपलाई पिएसएल क्लब लाहोर कालान्दरले किनेको हो । सन्दीपले लाहोरबाट न्यूनतम ५० लाखदेखि ७० लाख प्राप्त गर्नेछन् ।

सन्दीपको टोलीमा दक्षिण अफ्रिकाका चर्चित ब्याटसम्यान एबिडी भिलियर्स, पाकिस्तानका फकर जमान, साहिद अफ्रिदी, यासिर शाह, कार्लोस ब्रेथवेटजस्ता विश्वचर्चित खेलाडी खेलाडी रहेका छन् । आगामी फागुन ५ देखि चैत ३ गतेसम्म हुने प्रतियोगितामा छ क्लबले सहभागिता जनाउनेछन् । पिएसएलमा आबद्ध भएसँगै सन्दीप नवौँ विदेशी लिगमा आबद्ध भएका छन् । सन्दीप अघिल्लो वर्ष पनि पिएसएलको ड्राफ्टमा भए पनि उनलाई कुनै पनि टोलीले चासो देखाएका थिएनन् ।

अघिल्लो वर्ष दिल्लीमा सनसनीपूर्ण डेब्यु गर्दै तीन खेलमा पाँच विकेट लिएका सन्दीपले त्यसपछि ग्लोबल टी–२० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए । त्यस्तै क्यारेबियन प्रिमियर लिग (सिपिएल) सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल कौशल प्रदर्शन गरेका सन्दीपले यसै साता सम्पन्न अफगानिस्तान प्रिमियर लिगमा एक खेल खेलेका थिए । लामिछाने बङ्गलादेश र युएईको लिगमा समेत अबद्ध भइसकेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ७ : ५६ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर