२०८२, ४ माघ आईतबार

सन्दीपले पाकिस्तानी सुपर लिग खेल्ने

सन्दीपले पाकिस्तानी सुपर लिग खेल्ने


काठमाडौँ, ४ कात्ति : नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । आज भएको खेलाडी छनोट (अक्सन)मा सन्दीपलाई पिएसएल क्लब लाहोर कालान्दरले किनेको हो । सन्दीपले लाहोरबाट न्यूनतम ५० लाखदेखि ७० लाख प्राप्त गर्नेछन् ।

सन्दीपको टोलीमा दक्षिण अफ्रिकाका चर्चित ब्याटसम्यान एबिडी भिलियर्स, पाकिस्तानका फकर जमान, साहिद अफ्रिदी, यासिर शाह, कार्लोस ब्रेथवेटजस्ता विश्वचर्चित खेलाडी खेलाडी रहेका छन् । आगामी फागुन ५ देखि चैत ३ गतेसम्म हुने प्रतियोगितामा छ क्लबले सहभागिता जनाउनेछन् । पिएसएलमा आबद्ध भएसँगै सन्दीप नवौँ विदेशी लिगमा आबद्ध भएका छन् । सन्दीप अघिल्लो वर्ष पनि पिएसएलको ड्राफ्टमा भए पनि उनलाई कुनै पनि टोलीले चासो देखाएका थिएनन् ।

अघिल्लो वर्ष दिल्लीमा सनसनीपूर्ण डेब्यु गर्दै तीन खेलमा पाँच विकेट लिएका सन्दीपले त्यसपछि ग्लोबल टी–२० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए । त्यस्तै क्यारेबियन प्रिमियर लिग (सिपिएल) सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल कौशल प्रदर्शन गरेका सन्दीपले यसै साता सम्पन्न अफगानिस्तान प्रिमियर लिगमा एक खेल खेलेका थिए । लामिछाने बङ्गलादेश र युएईको लिगमा समेत अबद्ध भइसकेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ७ : ५६ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ