२०८३, १२ भाद्र शनिबार

आन्दोलनमा ट्रेड युनियन काङ्ग्रेस

आन्दोलनमा ट्रेड युनियन काङ्ग्रेस


काठमाडौँ, ४ मङ्सिर : नेपाल खानेपानी संस्थानका कर्मचारीले तीन दिनदेखि जारी राखेको आन्दोलनमा नेपाल ट्रेड युनियन काङ्ग्रेसले समर्थन जनाएको छ ।
ट्रेड युनियन काङ्ग्रेस राष्ट्रिय समितिका अध्यक्ष पुष्कर आचार्यले आन्दोलनस्थल संस्थानको प्रधान कार्यालयमा आज कर्मचारीलाई सम्बोधन गर्दै मजदुरलाई कमजोर नठान्न आग्रह गर्नुभयो ।

केन्द्रीय सदस्य सञ्जय दाहालले मजदूरमाथि गरिने विभेदले चिन्तित बनाएको बताउनुभयो । कर्मचारीले संस्थानमा क्रियाशील चार युनियनले उठाएको माग पूरा गर्न व्यवस्थापनसँग अनुरोध गरेको संयुक्त सङ्घर्ष समितिका संयोजक रामजी अर्यालले बताउनुभयो ।

संस्थानले गठन गरेको वार्ता टोलीले सोमबार छलफल गरे पनि सहमति हुन सकेको छैन । संयुक्त सङ्घर्ष समितिले आजदेखि शाखा कार्यालयमा हस्ताक्षर सङ्कलन शुरु गरेको जनाएको छ । संस्थानमा कार्यरत कर्मचारीलाई हटाएको भन्दै कर्मचारी आन्दोलनमा उत्रेका हुन् ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ६ : ४५ बजे

विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत

विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित

गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो : डा. गोविन्द टन्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका