२०८२, २५ मंसिर बिहीबार

आन्दोलनमा ट्रेड युनियन काङ्ग्रेस

आन्दोलनमा ट्रेड युनियन काङ्ग्रेस


काठमाडौँ, ४ मङ्सिर : नेपाल खानेपानी संस्थानका कर्मचारीले तीन दिनदेखि जारी राखेको आन्दोलनमा नेपाल ट्रेड युनियन काङ्ग्रेसले समर्थन जनाएको छ ।
ट्रेड युनियन काङ्ग्रेस राष्ट्रिय समितिका अध्यक्ष पुष्कर आचार्यले आन्दोलनस्थल संस्थानको प्रधान कार्यालयमा आज कर्मचारीलाई सम्बोधन गर्दै मजदुरलाई कमजोर नठान्न आग्रह गर्नुभयो ।

केन्द्रीय सदस्य सञ्जय दाहालले मजदूरमाथि गरिने विभेदले चिन्तित बनाएको बताउनुभयो । कर्मचारीले संस्थानमा क्रियाशील चार युनियनले उठाएको माग पूरा गर्न व्यवस्थापनसँग अनुरोध गरेको संयुक्त सङ्घर्ष समितिका संयोजक रामजी अर्यालले बताउनुभयो ।

संस्थानले गठन गरेको वार्ता टोलीले सोमबार छलफल गरे पनि सहमति हुन सकेको छैन । संयुक्त सङ्घर्ष समितिले आजदेखि शाखा कार्यालयमा हस्ताक्षर सङ्कलन शुरु गरेको जनाएको छ । संस्थानमा कार्यरत कर्मचारीलाई हटाएको भन्दै कर्मचारी आन्दोलनमा उत्रेका हुन् ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ६ : ४५ बजे

एमालेको नेतृत्व निर्माण बन्द सत्रबाट हुनेछ : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे